काँग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै, यस्तो छ छलफलको विषय 

नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (शुक्रबार)बस्दै छ।

दिउँसो १२ः१५ बजे ललितपुरको सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बैठक बस्नेछ। 

बैठकमा महासमिति बैठकको तयारी, जाजरकोट भूकम्प, समसामयिक राजनीतिकलगायत विषयमा छलफल हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यको उपस्थिति रहने बताइएको छ।

प्रकाशित मिति: : 2023-12-15 09:44:00

प्रतिकृया दिनुहोस्