बाराको सिम्रौनगढ नगरपालिकाका नगरप्रमुखकाे गाडी तोडफोड भएको छ।
नगरप्रमुख चढ्ने उक्त गाडीमा बुधबार नगरपालिकाका नयाँ प्रशासकीय अधिकृत महेश मिश्र चढेर कार्यालय जाने क्रममा तोडफोड भएको हो।
तलब सुविधा नपाएकाे भन्दै केहीदिनदेखि आन्दोलनमा रहेकाे शिक्षक-कर्मचारीहरूले नगरप्रमुखको गाडी तोडफोड गरेका हुन्।
उनीहरूले गाडीमाथि ढुङ्गा प्रहार गर्दा गाडीकाे सिसा फुटेकाे छ।
शिक्षक-कर्मचारीहरूले नगरपालिकाभित्रका सम्पूर्ण सामुदायिक विद्यालयको पठनपाठन ठप्प पारेर गत हप्तादेखि आन्दोलन जारी राखेका छन्।