शनिबार, १२ जुलाई २०२५

ढोरपाटनमा हिमपात, जनजीवन कष्टकर

बिएल संवाददाता

बिएल संवाददाता

बागलुङ
2023-12-04 14:39:00
News Image
• • •

बागलुङको ढोरपाटन शिकार आरक्ष क्षेत्रमा यस वर्ष पहिलो पटक हिमपात भएको छ।

मौसम बदलीसँगै आज बिहानैदेखि हिमपात भइरहेको ढोरपाटन शिकार आरक्ष कार्यालयका प्रमुख वीरेन्द्र कँडेलले जानकारी दिए।

‘यसवर्ष पहिलो पटक ढोरपाटनमा हिमपात भएको हो’, कँडेलले भने, ‘हिमपातले ढोरपाटन उपत्यका सेताम्य भएको छ। चिसो धेरै बढेको कारण जनजीवन कष्टकर बनेको छ।’

हिमपातका कारण घोडा खच्चड तथा वस्तुभाउलाई घाँस तथा दाना हाल्नसमेत गाह्रो भएको स्थानीय कूलबहादुर विकले बताए।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?