सुदुरपश्चिम र कर्णालीका विभिन्न जिल्लामा हिमपातसँगै वर्षा भइरहेको छ। पश्चिमी वायूको प्रभावले देशभर बदली रही कर्णाली सुदुरपश्चिमको पहाडी भूभागका एक दुई स्थानमा वर्षा भइरहेको छ भने उच्च जिल्ला डोल्पालगायत ठाउँमा हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसमविद् सरोज पौडेलकाअनुसार दैलेख, डोटीलगायत लुम्बिनी प्रदेशको एक दुई स्थानमा र आसपासका केही स्थानमा अहिले हल्ला भइरहेको छ। यो क्रमिक रुपमा भोलिबाट सुधार हुँदै जाने उनले बताए।
उनकाअनुसार पश्चिमी वायू प्रभाले अहिले वर्षा भइरहेकाे भएपनि नेपाल प्रवेश गर्ने सम्भाना छैन।
यस्तै काठमाडौंमा पनि घाम लाग्न सकेको छैन। बिहानैदेखि आकाशमा बादल छ। यहाँ पनि दिउँसो एक दुई स्थानमा वर्षाको सम्भना रहेको मौसमविद् पौडेलले जानकारी दिए।
आज देशका विभिन्न ठाउँमा वर्षा भएपनि भोलिदेखि भने मौसममा सुधार हुने उनको भनाइ छ।
आज बिहान न्यूनतम तामपक्रम ७ दशमलव ७ डिग्री सेल्सियस थियो। भने दिउँसो बढेर १८ देखि २० सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ।
तामक्रम भने अब विस्तार घट्दै जाने पौडेलले बताए।