बिएल संवाददाता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनका असर कम गर्न नेपालले गरेका प्रयासबारे विश्व समुदायलाई जानकारी गराउने बताएका छन्।
कोप–२८ मा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त अरब इमिरेट्सको अबुधाबीस्थित नेपाली राजदूतावास पुगेका प्रधानमन्त्रीले त्यहाँ एकत्रित भएका नेपालीलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण नेपालजस्ता देशले भोग्नुपरेका असरका बारेमा विश्वसमुदायको ध्यानाकर्षण गराउने बताएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।
प्रधानमन्त्रीले सम्मेलनमा याचकका रुपमा नभई अधिकार प्राप्तिका निम्ति नेपालका मुद्दा प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरे।
प्रधानमन्त्रीले कोप–२८ मा जलवायु परिवर्तनबाट नेपाललाई परेको असर र त्यसको क्षतिपूर्ति माग गरिने तथा वित्तीय र प्राविधिक सहयोगको अधिकारबारे कुरा उठाउने बताए। उनले आगामी निर्वाचनमा विश्वमा छरिएर रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था भएको जानकारी दिए।
विदेशमा बसेका नेपालीले निर्वाचनमा भाग लिन नपाउँदा लोकतन्त्र बलियो नहुने भन्दै प्रधानमन्त्रीले विदेशमा रहेका नेपालीको मताधिकारका लागि सरकार गम्भीर भएको बताएका छन्।
युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले युएई र नेपालबीच व्यापार, पर्यटन र प्रविधिमा सहकार्य अभिवृद्धिका निम्ति आफू क्रियाशील रहेको बताउदै नेपालको आर्थिक विकासमा युएईको सहयोग जुटाउन दूतावासले गरेका कामकारबाहीबारे जानकारी दिएका थिए।
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया