यस्तो बन्यो ‘रविको कोर टिम’: उपसभापतिमा स्वर्णिम, सहमहामन्त्रीमा सुमना

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टी पदाधिकारीको टीम बढाएका छन्। साथै केन्द्रीय सदस्य पनि थप गरेका छन्। 

महाेत्तरीकाे जलेश्वरमा तीन दिनसम्म चलेको पार्टीको केन्द्रीय समिति बैठकले पदाधिकारीको टीमसँग केन्द्रीय समितिको संख्या थप गरेको हो। 

जसअनुसार सांसद स्वर्णिम वाग्ले उपसभापतिमा चयन भएका छन्। यसअघि उपसभापति डोलप्रसाद अर्याल थिए। अब रास्वमा दुई जना उपसभापति हुनेछन्। 

यस्तै सहमहामन्त्रीमा सुमना श्रेष्ठ र विपिन आचार्य चयन भएका छन्। यसअघि कविन्द्र बुर्लाकोटीमात्र सहमहामन्त्री थिए। अब तीन जना सहमहामन्त्री भएका छन्। 

यस्तै बैठकले कोषाध्यक्ष लिमा अधिकारीलाई चयन गरेको छ। यसअघि कोषाध्यक्षको पद खालि रहेको थियो। सह–कोषाध्यक्षमा वसुमाया तामाङ र दीपक बोहरा चयन भएका छन्। तामाङ यसअघि नै सह–कोषाध्यक्ष थिइन्। 

यस्तै पार्टीको सहप्रवक्तामा मनिष झा, प्रतिभा रावल, रमेश प्रसाई चयन भएको नवसहमहान्त्री श्रेष्ठले बिएल नेपाली सेवालाई जानकारी दिइन्। 

प्रवक्ताम तथा महामन्त्रीमा मुकुल ढकाल यथावत् छन्। यसअघि पाँच जनाको पदाधिकारी रहेको रास्वमा १३ सदस्यीय बनाइएको छ। 

पार्टीको केन्द्रीय सदस्य पनि थप गरिएको श्रेष्ठले बताइन्। जसअनुसार केन्द्रीय सदस्यमा अनिल केशरी शाह, राजन गौतम, नन्दन यादव, पुकार बम र कामिनी चौधरी चयन भएका छन्।

प्रकाशित मिति: : 2023-11-29 18:30:00

प्रतिकृया दिनुहोस्