खेलकुदलाई सरकारले प्राथमिकता दिएको छ : मुख्यमन्त्री शाह

बिएल संवाददाता

सुदूरपश्चिम

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारले खेलकुदको विकासमा प्राथमिकता दिएको बताएका छन्।

कैलालीको बौनियामा आयोजित पालिकास्तरीय फुटबल प्रतियोगिताको आज उद्घाटन गर्दै मुख्यमन्त्री शाहले ‘एक निर्वाचन क्षेत्र, एक खेलमैदान’ र प्रदेशका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई पुरस्कारद्वारा सम्मानित गर्नेजस्तो नीति सरकारले लिएको स्पष्ट पारेका छन्।

उनले भने, 'खेलकुदका माध्यमबाट लागुऔषध  दुव्र्यसनीको समस्या न्यूनीकरण गर्न सकिन्छ।' भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामेश्वर चौधरीले किसानमैत्री नीति बनाउन लागिएको बताए।

जिल्लाका पालिकास्तरीय १६ टिमको सहभागिता रहेको उक्त फुटबल प्रतियोगिता यही मङ्सिर २१ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगितामा विजयी हुनेलाई रु दुई लाख एक हजार र उपविजेतालाई रु एक लाख पाँच हजार पुरस्कार प्रदान गरिने जनाइएको छ।  

यस्तै सर्वोत्कृष्ट खेलाडीलाई रु २० हजार र  विभिन्न विधातर्फका उत्कृष्ट खेलाडीलाई जनही रु १५ हजारसमेत प्रदान गर्न लागिएको जनाइएको छ।

प्रकाशित मिति: : 2023-11-29 18:50:00

प्रतिकृया दिनुहोस्