बिएल संवाददाता
उत्तरी अफगानिस्तानको फरयाब प्रान्तमा आइतबार एउटा कार सडकबाट चिप्लिएर भएको दुर्घटनामा कम्तीमा चार जनाको मृत्यु भएको छ।
उक्त घटनामा अन्य छ जना घाइते भएका प्रान्तीय सूचना तथा संस्कृति निर्देशक शमसुदिन मोहम्मदीले जानकारी दिएका छन्।
बुल्चेराग जिल्लामा मध्याह्नतिर भएको उक्त दुर्घटनामा दुई बालबालिकासहित चार जनाको घटनास्थलमै मृत्यु भएको थियो भने तीन बालबालिका र एक महिलासहित अन्य छ जना घाइते भएका थिए।
उक्त जिल्लामा शुक्रबार पनि दुई वटा सडक दुर्घटनामा परी चार जनाको मृत्यु भएको थियो।
अफगानिस्तानको खराब सडक अवस्था, भीडभाड हुने सडकमा यात्रा गर्दा सुरक्षाका उपायको अभाव, सवारी साधनको अस्तव्यस्तता र लापरबाहीपूर्वक सवारी चलाउनुलाई अफगानिस्तानको सडक दुर्घटनाका लागि जिम्मेवार ठहर्याइने गरेको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया