
बिएल संवाददाता
अमेरिकी जनता धन्यवाद व्यक्त गर्ने एक महाड चाड थैक्सगिभिड डे मनाइरहेको बेला एक विस्फोटको समाचारले स्तव्ध भएका छन्।
समाचारअनुसार, अमेरिका र क्यानडा जोड्ने नायग्रा नदीमाथि रहेको रेन्बो ब्रिजमा एक कार विस्फोट हुँदा कारमा सवार दुईजनाको निधन भएको छ। विस्फोटमा परी बुथमा रहेका एक अमेरिकी भन्सार तथा सीमा सुक्षा अधिकारी पनि घाइते भएका छन्। उनको स्थानीय अस्पतालमा उपचार भैरहेको जनाइएको छ।
घटना अमेरिकी पूर्वी समयअनुसार बुधबार विहान ११ बजेर १२ मिनेटमा भएको बताइएको छ। अमेरिकाबाट क्यानडातिर तीब्रगतिमा गैरहेको कार चेक पोस्टको हर्डल्समा ठोक्किने बित्तिकै बिस्फोट भएको थियो।
यो घटनामा कुनै आतंकवादी संलग्नता देखिएको छैन। अहिलेसम्मको अनुसन्धानले यही बताउँछ। अनुसन्धान जारी छ, अहिले नै निस्कर्षमा पुग्ने बेला भैसकेको छैन।
- क्याथी होचल, गभर्नर, न्युयोर्क
पछिल्लो जानकारीअनुसार बिस्फोट दुर्घटना थियो कि नियोजित थियो, यसै भन्न सकिने अवस्था छैन। अमेरिकी संघीय जाँच नियोगका अधिकारीहरूले घटनाका बारेमा अनुसन्धान जारी रहेको र अहिले नै केही बताउन नसकिने बताएका छन्।
सुरक्षाकर्मीहरूले कारको मालिक पत्ता लगाएका छन्। तर, अझै पनि कारमा कतिजना सवार थिए भन्ने कुरामा भने एकिन हुन नसकिएको बताइएको छ।
घटना घटेको राज्य न्युयोर्ककी गभर्नर क्याथी होचलले घटनामा पश्चिम न्युयोर्कको एक स्थानीय संलग्न रहेको बताएकी छिन्। तर, उनले नाम भने सार्वजनिक गरेकी छैनन्।
सुरूमा घटना संदिग्ध रहेकोले यसको सम्बन्ध आंतकबादीसँग पनि हुन सक्ने आँकलन गरिएको थियो। मध्यपूर्वमा हमास र इजरेल आम्नेसाम्ने भैरहेको बेला इजरेललाई अमेरिकाले गरेको समर्थन मन नपराउनेहरूको संख्या अमेरिका पनि दिनानुदिन बढिरहेको छ। यही सन्दर्भसँग जोडेर यो घटनाको साइनो मध्यपूर्वसँग नहोला भन्न सकिने अवस्था पनि छैन।
अमेरिका यतिबेला थैंक्सगिभिङ डेको पूर्वसन्ध्यामा छ। यो लामो विदामा लाखौं अमेरिकी यात्रा गरिरहेका हुन्छन्। विदाको यो बेला रेन्बो ब्रिजसँगै रहेको नायग्रा फल्स पनि धेरै पर्यटक पुग्ने एक आकर्षक गन्तव्य हो।
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया