ललितपुरले किन्याे साढे पाँच कराेडमा दुइटा दमकल

शनि शाक्य

काठमाडौं

ललितपुर महानगरपालिका विपद् व्यवस्थापन तथा न्यूनिकरणकाे लागि दुइटा अत्याधुनिक प्रविधिका दमकल किनेकाे छ।

महानरले बुधबार एक कार्यक्रमकाे आयाेजना गरी दमकल सार्वजनिक गरेकाे हाे। दमकल महानगर प्रमुख चिरिबाबु महर्जनले विपद् व्यवस्थापनकाे टाेलीलाई हस्तान्तरण गरेका छन्।

महानगरअनुसार पाँच कराेड ६५ लाखमा खरिद गरिएका यी दमकल जस्ताेसुकै बाटाेमा पनि हिँड्न सक्छन्। भने, १ सय २० मिटर टाढासम्म उच्च प्रेसरमा पानी प्रवाह गर्न सक्छ।

त्यस्तै यी दमकलकाे सहायताबाट साततले घरसम्मकाे आगाे नियन्त्रणमा लिन सकिन्छ। भने, यी दमकलबाट पेट्राेलपम्पलगायत केमिकल कारखानाहरुमा लागेकाे आगाे पनि नियन्त्रण गर्न सकिन्छ।

प्रकाशित मिति: : 2023-11-22 12:58:00

प्रतिकृया दिनुहोस्