
बिएल संवाददाता
मोरङको उर्लाबारीमा भएको आगलागीमा परी घाइते भएकाहरुको उपचारमा रगत अभाव भएको छ। काठमाडौँको कीर्तिपुर अस्पतालमा उपचाररत २४ जनाको उपचारमा रगत अभाव भएको हो।
अप्रेसनका लागि अस्पतालले रगत माग गरेको भएपनि घाइतेका आफन्तहरुले रगत पाउन सकेका छैनन्।
रेडक्रसमा जाँदासमेत रगत पाउन नसकिएको बिरामीको उपचारमा सहयोग गर्दै आइरहेका राजन रायमाझीले बताए। ‘सबै घाइतेको अप्रेसन गर्ने तयारी छ। तर कहीँ पनि रगत पाउन सकिएको छैन,’ उनले भने।
रक्तदान गर्ने नयाँ मान्छे पनि पाउन नसकेको उनले बताए। उनले भने, ‘यहाँ नयाँ ठाउँ रक्तदान गर्ने ब्यक्ति पनि कसरी खाेज्ने? रगत खाेज्न हामीलाई समस्या भएकाे छ।’
गएको कार्तिक २६ गते उर्लावारी नगरपालिका–७ स्थित दीपक कार्कीको स्नेहा सुनचाँदी पसलमा भएको आगलागीमा परी २८ जना घाइते भएका थिए।
जसमध्ये २४ जनाको काठमाडौँको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ।
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया