कुमारी बैंकको ३०९औँ शाखा जुम्लामा

जुम्लामा कुमारी बैंक लिमिटेडकाे ३०९औँ शाखा विस्तार भएकाे छ। दुर्गमका नागरिककलाई बैंकिङ सेवाकाे पहुँचमा पुर्‍याउने लक्ष्यका साथ कुमारी बैंककाे शाखा जुम्लामा विस्तार गरिएकाे हाे।

जुम्ला शाखाकाे साेमबार औपचारिक कार्यक्रमका बीच उद्घाटन गरिएकाे छ। संविधानसभा सदस्य ललितजंग शाहीले बैंककाे शाखाकाे औपचारिक उद्घाटन गरे।

शाखा उद्घाटन गर्दै शाहीले कुमारी बैंकले जुम्लाकाे व्यापार व्यवसाय प्रवर्द्धनसँगै नागरिक सन्तुष्ट हुने खालकाे सेवा प्रवाहमा जाेड दिने बताए।

कुमारी बैंककाे स्थापना गर्नै अहम भूमिका खेलेका शाही २०६० देखि ०६४ सम्म बैंककाे सञ्चालक समितिकाे सदस्यसमेत रहेका थिए।

‘बैंक तथा वित्तीय क्षेत्रकाे विस्तार हुनु खुसीकाे कुरा हाे,’ उनले भने, ‘बैंकबाट सेवाग्राहीले सहज सेवा नपाएकाे। बैंकले सामाजिक उत्तरदायित्वकाे काम नगरेकाे, पहुँचका भरमा ऋण दिएकाे जस्ता गुनासा धेरै छन्। तर, कुमारी बैंकले सबै भ्रम चिर्दै जुम्लाकाे व्यापार व्यवसाय तथा कृषि पर्यटन उधाेग क्षेत्रलाई अघि बढाउन आवश्यक लगानी गर्ने विश्वास छ।’

बैंकले नाफासहितकाे सेवाभन्दा सेवासहितकाे नाफा लिनुपर्नेमा जाेड दिए। पछिल्लाे समयमा बैंक वित्तीय क्षेत्रकाे बढ्दाे लहरमा आफूलाई फरक र पृथक देखाउन कुमारी बैंक सफल हुनुपर्ने उल्लेख गरे।

चन्दननाथका मेयर राजुसिंह कठायतले जुम्लामा दर्जनाै बैंक विस्तार भएपनि छिटाे छरिताे सेवा दिनतर्फ ध्यान दिन सुझाव दिए। बैंक तथा वित्तीय क्षेत्रले कूल नाफाकाे केही प्रतिशत रकम सामाजिक उत्तरदायित्वका क्षेत्रमा खर्चिनुपर्ने भएपनि जुम्लामा त्यसाे नभएकाे उल्लेख गरे। कुमारी बैंक उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने आशा व्यक्त गरे।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले कुमारी बैंक नेपालकाे पुरानाे निजी बैंक भएकाेले खुल्ला अर्थतन्त्रकाे मान्यतालाई मध्यनजर गर्दै भरपर्दाे  सेवा दिनुपर्ने बताए। उपभाेक्ताकाे बचत र बैकिङ सेवा नै असुरक्षित हुने अवस्था आएकाेले त्यसतर्फ ध्यान दिन सुझाव दिए।

कुमारी बैंक लिमिटेड कर्णाली प्रदेश प्रमुख चेतकान्त बन्जाडेले सेवाग्राहीकाे सन्तुष्टि पहिलाे प्रथामिकता रहेकाे बताए। विपन्न नागरिककाे बैंकिङ पहुँच विस्तार, आर्थिक उन्नती तथा व्यवसाय प्रवर्द्धनमा जाेड दिने बैंककाे लक्ष्य रहेकाे उनकाे भनाइ छ। जुम्लाकाे कृषि पर्यटनलाई उत्कृष्ट बैंकिङ सेवामार्फत् प्रवर्द्धन गरिने बैंकले जनाएकाे छ।

काेराेना महामारीपछि व्यापार व्यवसाय तथा व्यवसायी निकै घाटामा गएकाेले व्यवसाय उत्थानका लागि समेत बैंकिङ क्षेत्रकाे भूमिका महत्वपूर्ण रहेकाे बताए।

प्रकाशित मिति: : 2023-11-21 08:43:00

प्रतिकृया दिनुहोस्