रविन पुन मगर (आइडु)
जाँतो (चाखी) कतिलाई याद छ? कुनै समय मानव जीवनका लागि महत्वपूर्ण उपकरण बनेको जाँतो अहिले सबैको सम्झनामा छैन। विशेषत नयाँ पुस्ताको सम्झनाबाट जाँतो टाढिँदै गएको छ।
आधुनिक उपकरणको पहुँच नहुने क्षेत्रका लागि महत्वपूर्ण उपकरण जाँतो प्रविधिको विकाससँगै लोप हुने अवस्थामा पुगेको छ।
शब्दकोषमा जाँतोलाई यन्त्रे ढुंगा भनेर व्याख्या गरिएको छ। यो यन्त्रे ढुंगा अन्न पिँध्नका लागि प्रयोग हुनेगर्छ। ढुंगाका दुई फग्लेँटाे मिलेर बनेको जाँतोमा मकै, गहुँ, चना, सिमी, दाल आदि पिँध्न मिल्छ।
हिजो गाउँमा घट्ट नुहँदा, बिजुलीको पहुँच नहुँदा यही जाँतोमा पिँधेर मकै, गहुँ आदिलाई खानका लागि तयार पारिन्थ्यो। तर गाउँमा जाँतोभन्दा आधुनिक प्रकृतिको घट्टको विकास भयो, जाँतो विस्तारै प्रयोग हुन छाड्यो।
अहिले गाउँगाउँमा बिजुली विस्तार भएको छ। जसले गाउँसम्म विद्युतीय मिल अन्न पिँध्नका लागि पुगेको छ। यी विद्युतीय मिलहरुको सहज प्रयोग बढ्दा गाउँमा कुनै समय महत्वपूर्ण मानिएको जाँतो लोप हुँदैछ।

रुकुम पूर्वको भुमे गाउँपालिका चुनवाङमा आजभन्दा तीन दशकअघि जाँतोको अधिक प्रयोग हुन्थ्यो। जब गाउँमा सडक पुग्यो, विद्युत पुग्यो अनि आधुनिक उपकरण पनि पुग्यो। आधुनिक उपकरणको प्रयोग बढेपछि अहिले जाँतोको प्रयोग हुन छाडेको स्थानीय ६८ वर्षीया पञ्चकलीदेवी पुनले बताइन्।


पूरा रिपोर्ट भिडियोमा
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया