रविन पुन मगर (आइडु)
जाँतो (चाखी) कतिलाई याद छ? कुनै समय मानव जीवनका लागि महत्वपूर्ण उपकरण बनेको जाँतो अहिले सबैको सम्झनामा छैन। विशेषत नयाँ पुस्ताको सम्झनाबाट जाँतो टाढिँदै गएको छ।
आधुनिक उपकरणको पहुँच नहुने क्षेत्रका लागि महत्वपूर्ण उपकरण जाँतो प्रविधिको विकाससँगै लोप हुने अवस्थामा पुगेको छ।
शब्दकोषमा जाँतोलाई यन्त्रे ढुंगा भनेर व्याख्या गरिएको छ। यो यन्त्रे ढुंगा अन्न पिँध्नका लागि प्रयोग हुनेगर्छ। ढुंगाका दुई फग्लेँटाे मिलेर बनेको जाँतोमा मकै, गहुँ, चना, सिमी, दाल आदि पिँध्न मिल्छ।
हिजो गाउँमा घट्ट नुहँदा, बिजुलीको पहुँच नहुँदा यही जाँतोमा पिँधेर मकै, गहुँ आदिलाई खानका लागि तयार पारिन्थ्यो। तर गाउँमा जाँतोभन्दा आधुनिक प्रकृतिको घट्टको विकास भयो, जाँतो विस्तारै प्रयोग हुन छाड्यो।
अहिले गाउँगाउँमा बिजुली विस्तार भएको छ। जसले गाउँसम्म विद्युतीय मिल अन्न पिँध्नका लागि पुगेको छ। यी विद्युतीय मिलहरुको सहज प्रयोग बढ्दा गाउँमा कुनै समय महत्वपूर्ण मानिएको जाँतो लोप हुँदैछ।

रुकुम पूर्वको भुमे गाउँपालिका चुनवाङमा आजभन्दा तीन दशकअघि जाँतोको अधिक प्रयोग हुन्थ्यो। जब गाउँमा सडक पुग्यो, विद्युत पुग्यो अनि आधुनिक उपकरण पनि पुग्यो। आधुनिक उपकरणको प्रयोग बढेपछि अहिले जाँतोको प्रयोग हुन छाडेको स्थानीय ६८ वर्षीया पञ्चकलीदेवी पुनले बताइन्।


पूरा रिपोर्ट भिडियोमा
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया