बिएल संवाददाता
साहित्यकार सरुभक्तको मुक्तक सङ्ग्रह ‘सरुभक्तका मुक्तक’को आइतबार पोखरामा लोकार्पण गरिएको छ।
नेपाल मुक्तक प्रतिष्ठान, बेलायत शाखाद्वारा प्रकाशित उक्त कृतिको वरिष्ठ कलाकार दुर्गा बराल ‘वात्सायन’लगायतले संयुक्तरूपमा विमोचन गरेका थिए।
सो अवसरमा कलाकार बरालले सरुभक्त नेपाली साहित्य जगत्को विशिष्ट प्रतिभा रहेको बताए। उनले सरुभक्तको लेखनमा विचार र दर्शनको धरातल भेटिने उल्लेख गरे।
साहित्यकार सरुभक्तले तीसको दशकको सुरुदेखि अहिलेसम्म आफूले मुक्तक लेखिरहेको बताए। उनले भने, 'युवाकालदेखि नै मलगायत मेरा थुप्रै समकालीन साथीको मुक्तक लेखनप्रति झुकाव थियो, २०३५ सालमा पोखरामा टिकटमा मुक्तक कार्यक्रम गरेर अभियान सुरु गरेका थियौँ, पहिले उपेक्षामा परेको मुक्तकले अहिले जुन गति लिइरहेको छ यसका पछाडि पोखरेली स्रष्टा र साहित्यप्रेमीको महत्त्वपूर्ण योगदान छ।'
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया