गुहेश्वरीमा छठमा सूर्यलाई अर्घ्य दिनेहरू (तस्बिरसहित)

शनि शाक्य

काठमाडौं

आज छठ पर्वको मुख्य दिन, सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ। तराई–मधेसका सबै जिल्ला, काठमाडौँसहितका विभिन्न ठाउँमा आज छठ पर्वको विशेष रौनक छ। 

व्रतालुहरू आज पानीसमेत नखाइकन निराहार बस्दछन्। साँझपख नजिकैको पोखरी, तलाउ, इनार, कुवा जस्ता जलाशयमा गई अस्ताउँदो सूर्यको पूजा गर्दछन्। अर्थात अर्घ्य दिन्छन्। 

काठमाडौंको गुहेश्वरीमा पनि व्रतालुहरुको उपस्थिति छ। अस्ताउँदो सूर्यलाई अघ्र्य दिएका छन्। जसमा राष्ट्रपति रामचन्द्र पौडेल, संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीसँगै व्रतालुहरुले पुजापाठ गरेका छन्। 

तस्बिरमा गुहेश्वरीमा अर्घ्य दिनहहरू

प्रकाशित मिति: : 2023-11-19 20:38:00

प्रतिकृया दिनुहोस्