बिएल संवाददाता
जापानमा रहेका दिदी-बहिनी समूहको आयोजना र गैरआवसीय नेपाली संघ (एनआरएनए)को सहकार्यमा सामूहिक भाइ-टीका कार्यक्रम हुने भएको छ।
नेपालीहरुको महान चाड शुभ दीपावलीको अवसरमा यही सेप्टेम्बर १५ तारिखको दिन सामूहिक भाइ-टीका कार्यक्रम आयोजना हुन लागेको एनआरएनए एसिया प्यासिफिक क्षेत्रको महिला संयोजक अनिता गुरुङले जानकारी दिइन्।
उनकाअनुसार सामूहिक भाइ-टीका कार्यक्रम राेयल गार्डेन रेस्टुरेन्ट सिन्जुकु सिटी, टोकियोमा दिउँसो१२ देखि ४ बजेसम्म चल्नेछ।
गुरुङको अगुवाइमा गत वर्षको शुभ दीपावलीमा पनि सामूहिक भाइ-टीका कार्यक्रमको आयोजना गरिएको थियो।
नेपालीहरुबीच भातृत्वको विकास गराउने उद्देश्यसहित सामूहिक भाइ-टीका कार्यक्रम गर्न लागिएको गुरुङले बताइन्। साथै उनले शुभ दीपावली तथा छठ पर्वको अवसरमा संसारभरि छरिएर रहेका नेपालीहरुलाई शुभकामना व्यक्त गरेकी छन्।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया