बिएल संवाददाता
जापानमा रहेका दिदी-बहिनी समूहको आयोजना र गैरआवसीय नेपाली संघ (एनआरएनए)को सहकार्यमा सामूहिक भाइ-टीका कार्यक्रम हुने भएको छ।
नेपालीहरुको महान चाड शुभ दीपावलीको अवसरमा यही सेप्टेम्बर १५ तारिखको दिन सामूहिक भाइ-टीका कार्यक्रम आयोजना हुन लागेको एनआरएनए एसिया प्यासिफिक क्षेत्रको महिला संयोजक अनिता गुरुङले जानकारी दिइन्।
उनकाअनुसार सामूहिक भाइ-टीका कार्यक्रम राेयल गार्डेन रेस्टुरेन्ट सिन्जुकु सिटी, टोकियोमा दिउँसो१२ देखि ४ बजेसम्म चल्नेछ।
गुरुङको अगुवाइमा गत वर्षको शुभ दीपावलीमा पनि सामूहिक भाइ-टीका कार्यक्रमको आयोजना गरिएको थियो।
नेपालीहरुबीच भातृत्वको विकास गराउने उद्देश्यसहित सामूहिक भाइ-टीका कार्यक्रम गर्न लागिएको गुरुङले बताइन्। साथै उनले शुभ दीपावली तथा छठ पर्वको अवसरमा संसारभरि छरिएर रहेका नेपालीहरुलाई शुभकामना व्यक्त गरेकी छन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया