एउटा ‘सिरियल’ बाट रातारात भाइरल भएकी शिवांगी जोशी (फोटोफिचर)

तस्बिर: सामाजिक सञ्जाल
तस्बिर: सामाजिक सञ्जाल

भारतीय टिभी अभिनेत्री शिवांगी जोशी ‘ये रिश्ता क्या कहलाता है’ बाट लाइमलाइटमा आइन्। नायराको भूमिकाबाट नायिकाले धेरै चर्चा कमाइन्। 

उनलाई आज पनि मानिसहरु नायराको नामले चिन्छन्। त्यस शोपछि अभिनेत्री ‘बालिका वधु २’ र ‘खतरों के खिलाडी १२’ मा पनि देखिएकी थिइन्। 

आफ्नाे अभिनयबाट सबैलाई मनमाेहक बनाएकी उनी डान्सर हुन्। सानैदेखि डान्समा चासाे राख्ने उनी गाउँबाट मुम्बई आइन्। त्यहीबाट उनले अभिनयमा कदम राख्नुपर्ने सुझाव पाइन्। अभिनय गर्नु उनकाे लागि पनि चासाेकाे विषय थियाे।

अभिनयमा कदम राख्न सुझाव पाएपछि उनले धेरै अडिशन दिइन्। र सन् २०१३ सालमा उनले टिभी सिरियल 'कहती है जीन्दगी आखँ मिचाेली' मा भाग लिइन्। र २०१४ सालमा उनले 'बेइन्तहा' मा पनि भूमिका निभाइन्। 

तर सन् २०१६ मा उनले 'ये रिश्ता क्या कहलाता है' मा काम गर्ने माैका पाइन् र रातारात चर्चित भइन्। अहिले उनी टिभीकी चर्चित अभिनेत्रीहरूकाे लिस्टमा सामिल छिन् र कराेडाैं फेन्सहरूकाे मनमा 'राज' गर्छिन्। 

प्रकाशित मिति: : 2023-11-11 20:00:00

प्रतिकृया दिनुहोस्