जुम्लाको हिमा गाउँपालिकाले जग्गा पायो, भवन कहिले? 

जुम्लाको हिमा गाउँपालिकाले आफ्नो प्रशासकीय भवन बनाउन जग्गा प्राप्त गरेको छ। भाडाको भवनबाट सरकार चलाइरहेको हिमा गाउँपालिकाले लामो प्रयासपछि जग्गा प्राप्त गरेको हो। 

गाउँपालिकाको प्रशासकीय भवनका बनाउका लागि लामाे प्रयासपछि निःशुल्क ३९ सय वर्गमिटर जग्गा प्राप्त गरेको गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर शाहीले बताए।

उनकाअनुसार हिमा गाउँपालिका–५ का दान बहादुर शाहीले ३ हजार १ सय वर्गमिटर र सोही वडाका दलबीर शाहीले ८ सय वर्गमिटर जग्गा निःशुल्क प्रदान गरेका हुन्। 

अघिल्लो सरकारले कार्यपालिकाबाट गाउँपालिकाको केन्द्र नै तोक्न सकेको थिएन। स्थानीय सरकारमा जनप्रतिनिधि पुगेको ७ वर्षमा हिमा गाउँपालिकाले मुकाम तोक्ने र जग्गा प्राप्त गर्ने प्रक्रिया सकाएको छ।

अध्यक्ष शाहीले निर्वाचित भए पश्चात निरन्तर लामो समयको प्रयासपछि गाउँपालिकाको नाममा जग्गा पास गराउन सफल भएको बताए। उनले अब आफ्नै प्रशासकीय भवन निर्माण गरिने जानकारी दिए। 

‘ऐतिहासिक रुपमा हिमा गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि हिमा गाउँपालिका वडा नम्बर ५ बाजागाडमा जग्गा प्राप्त भएको छ,’ उनले भने, ‘गाउँसभालाई सम्बोधन गर्दा र निर्वाचनका बेलामा विभिन्न गाउँ बस्तीहरुमा गरेको प्रतिबद्धता थुप्रै बाधा अड्चनलाई छिचोल्दै आज पुरा गरेको छु।’

जुम्लाका अन्य पालिकाले पनि आफ्नो भवन बनाउन सकेका छैनन्। तिला, सिंजा र तातोपानी गाउँपालिले र चन्दननाथ नगरपालिकाले आफ्नो भवन बनाएका छन्। 

हिमा, कनका सुन्दरी र पातरासी गाउँपालिकाले अझै पनि आफ्नो भवन बनाउन सकेका छैनन्। 

प्रकाशित मिति: : 2023-11-07 20:39:00

प्रतिकृया दिनुहोस्