दोस्रोपटक भूकम्प जाँदा आठबीसकोटमा चारजना घाइते

बिएल संवाददाता

रुकुम पश्चिम 
भेरी नगरपालिका–१ रावत गाउँमा भूकम्पले भत्किएको घर
भेरी नगरपालिका–१ रावत गाउँमा भूकम्पले भत्किएको घर

सोमबार पुनः भूकम्प आउँदा रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा चारजना घाइते भएका छन्। दिउँसो ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८  रेक्टर स्केलको भूकम्प आउँदा  नगरपालिकाका चारजना घाइते भएका हुन्। 

घाइते भएका चारै जनालाई तत्काल उद्धार गरी नगर अस्पताल राडीमा लगेर उपचार गरिएको नगरप्रमुख रबि केसीले जानकारी दिए। भूकम्प आउने जोखिम कायमै रहेकाले सचेत रहन नगरप्रमुख केसीको अनुसोध छ। 

दोस्रो भूकम्प पनि जाजरकोटको रामीडाँडालाई नै केन्द्रविन्दु बनाएर गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। पटकपटक भूकम्पको धक्का महसुस हुँदा स्थानीय झन् त्रसित अवस्थमा छन्। 

प्रकाशित मिति: : 2023-11-07 05:18:00

प्रतिकृया दिनुहोस्