जुम्लाको पातारासी गाउँपालिकाले भूकम्प प्रभावितलाई पाँच लाख दिने

जुम्लाको पातारासी गाउँपालिकाले भूकम्प प्रभावितलाई पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ। भूकम्प प्रभावितलाई तत्काल पाँच लाख रूपैयाँ सहयाेग गर्ने निर्णय गरिएकाे गाउँपालिकाका अध्यक्ष पुर्णसिंह बोहराले बताए।

उनकाअनुसार गाउँपालिकाले प्रधानमन्त्री दैविक प्रकोप उद्दार कोषमा उक्त रकम जम्मा गर्नेछ। ‘नेपाल सरकारले भूकम्प पीडितका लागि खडा गरेको प्रधानमन्त्री दैविक प्रकोप उद्दार कोषमै सहयोग रकम जम्मा गर्ने छौं,’ अध्यक्ष बाेहराले भने, ‘भूकम्पले छिमेकी जिल्लाहरु पीडामा छन्। खाद्यान्न, औषधि उपचार अभाव चुलिएको छ। तत्कालनका लागि भनेर पाँच लाख सहयोग गरेका छौं।’ 

पातरासी गाउँपालिकाले भूकम्पमा परी ज्यान गुमाउनेहरुप्रति दुःख व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ। 

हाल भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा राहत तथा पुनःस्थापनको कार्य जारी रहेको छ। 

प्रकाशित मिति: : 2023-11-05 20:21:00

प्रतिकृया दिनुहोस्