जाजरकोट भूकम्पः एकै वडामा २० जनाको मृत्यु 

जाजरकोटको नलगाड नगरपालिकाको एकै वडामा भूकम्पमा परेर २० जनाको मृत्यु भएको छ। 

नलगाड नगरपालिका–१ को सिउरी भन्ने स्थानमा १२ जना, कल्पतमा ५ जना र पाली भन्ने स्थानमा ३ जनाको मृत्यु भएको हो।

वडा नम्बर–१ का वडाध्यक्ष धन बहादुर महरकाअनुसार सबै घरहरू ध्वस्त भएको र सुख्खा पहिरोको कारण बाटो अवरुद्ध भएको छ।

‘सुख्खा पहिरो गएको छ, जसले गर्दा उद्धारमा कठिनाइ भइरहेको छ,’ उनले भने, ‘घाइतेहरूको उपचार समेत हुन सकेको छैन।’

प्रकाशित मिति: : 2023-11-04 07:34:00

प्रतिकृया दिनुहोस्