त्रिवि क्रिकेट मैदानमा उत्साहित समर्थक (तस्बिरहरु)

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइसिसी टी- २० विश्वकपकाे एसिया छनाेट अन्तर्गतकाे खेलमा नेपाल र ओमानबीचकाे प्रतिस्पर्धा जारी छ। बिहान ९ बजेबाट सुरु भएकाे प्रतिस्पर्धा नेपालले ओमानले दिएकाे १४६ रनकाे लक्ष्य भेट्याउन जवाफी ब्याटिङ गरिरहेकाे छ।

नेपालले पहिला बलिङ गरेकाे थियाे। नेपालले ओमानविरुद्ध राम्राे प्रदर्शन गरिरहँदा खेलाडीलाई समर्थकले भरपुर हाैसला प्रदान गरिरहेका छन्। प्रस्तुत छ, खेलाडीलाई एक किसिमकाे ऊर्जा प्रदान गरिरहेका समर्थकहरुका दृश्यहरु :

प्रकाशित मिति: : 2023-11-02 11:17:00

प्रतिकृया दिनुहोस्