टि- २० विश्वकप छनाेट: युएइकाे विजयी सुरुवात

आइसीसी टि- २० विश्वकप एसिया छनाेट अन्तर्गतकाे पहिलाे खेलमा समूह बि'काे युएईले विजयी सुरुवात गरेकाे छ। युएईले साेमबार काठमाडाैँस्थित मूलपानी क्रिकेट मैदानमा भएकाे खेलमा बहराइनलाई ५ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेकाे हाे।

बहराइनले दिएकाे १३६ रनकाे लक्ष्य युएईले १८.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्याे।

युएईकाे जितमा अलि आमेर नासिरले ४८, कप्तान माेहमद वासिमले १२, अशिफ खानले २३, अलिशान शारफुले २७ रन प्रहार गरे।

त्यसअघि पहिले ब्याटिङ गरेकाे बहराइनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३५ रन बनाएकाे थियाे।

यता आजै कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएकाे खेलमा समूह ए'काे नेपालले सिंगापुरमाथि ८ विकेटकाे जित निकालेकाे छ।

प्रकाशित मिति: : 2023-10-30 13:06:00

प्रतिकृया दिनुहोस्