गाेर्खाहरुकाे समस्या सामाधनकाे लागि बेलायतसँग वार्ता गर्नुअघि गेसाे सभापति राई र गुरुङ एकठाउँ

कृष्णकुमार राईको नेतृत्वमा आगामी आन्दोलन अगाडि बढ्छ- गेसो संस्थापक सभापति पदमबहादुर गुरुङ 

BreaknLinks
BreaknLinks

गाेर्खा भूतपूर्व सैनिक संघ (गेसाे)का सभापति कृष्णकुमार राई र संस्थापक सभापति पदमबहादुर गुरुङबीच भेटवार्ता भएकाे छ।

गेसाेका पूर्वमहासचिव महेन्द्रलाल राई समन्वयमा राई र गुरुङबीच बुधबार लण्डनमा भेटवार्ता भएकाे हाे। भेटवार्तामा विजया दशमीकाे शुभकामना आरदानप्रदान गर्नुका साथै गाेर्खा आन्दाेलनबारे गहन छलफल भएकाे थियाे।

सभापति राईको नेतृत्वमा सबै गोर्खाहरु गोलबन्द भएर गाेर्खाहरुका समस्या समाधानकाे संघर्षलाई निरन्तरता दिने गरी दुवै पक्षबीच सहमती भएकाे छ।

बेलायत सरकारले गाेर्खाहरुमाथि गरेकाे विभेदविरुद्ध लड्ने र हजाराैँ गाेर्खाहरुलाई न्याय दिलाउने उद्देश्यसहित वि.सं. २०४७ गाेर्खा सैनिक संघ (गेसाे)काे स्थापना भएकाे थियाे। गुरुङलाई गेसाे स्थापनाका एक ‘नायक’काे रुपमा लिइन्छ।

उनकाे नेतृत्वका गाेर्खाहरुकाे अधिकार प्राप्तिकाे लागि लामाे समय सडकदेखि सदनसम्म आन्दाेलनका कार्यक्रमहरु भएका थिए। जसकाे फलस्वरुप गाेर्खाहरुकाे पेन्सनवृद्धि हुनुका साथै आवसीय अधिकारलगायत कुराहरु प्राप्त गरेका थिए।

बढ्दाे उमेर र स्वास्थ्य समस्याका कारण उनले सन् २०१६ मा गाेर्खा आन्दाेलन राम्राेसँग बुझेका ऊर्जाशील व्यक्तित्व कृष्णकुमार राईलाई नेतृत्वमा सुम्पिएका थिए।

यसबीचमा गेसाेकाे नेतृत्वमा सम्हालेका राईले गाेर्खाहरुकाे हित निकै महत्वपूर्ण काम गरिरहँदा गुरुङ संस्थाबाहिर थिए। व्यक्तिगत व्यस्तताकाे कारण राई र गुरुङबीच लामाे समयदेखि भेटवार्ता हुन सकेकाे थिएन। जसकारण गाेर्खा आन्दाेलनकाे शक्ति कमजाेर भएकाे महसुस गरिएका बेला राई र गुरुङबीच भेटवार्ता भएकाे हाे।

यी दुई बिचकाे एकताकाे सहमतीले गाेर्खाहरुकाे आन्दाेलन अझ शसक्त र अर्थपूर्ण हुने अनुमान गरिएकाे छ।

गाेर्खाहरुकाे आन्दाेलनकाे तीन दशक पुग्दासम्म बेलायत सरकाले गाेर्खाहरुका केही मागहरु पूरा गरिदिए समानताकाे लडाइँ जारी छ। साेही आन्दाेलनलाई निष्कर्षमा पुर्‍याउन सबै गाेर्खाहरु एकजुट हुनुपर्ने उनीहरुकाे भनाइ छ। त्यसकाे लागि दुवै पक्षले विगतमा भएका आ-आफ्ना कमजाेरीहरुलाई सुधार गर्दै गाेर्खाहरुकाे अधिकार प्राप्तिकाे लागि एकटजुट भएकाे सन्देश दिएका छन्।

गाेर्खाहरुकाे अधिकार प्राप्तिकाे लागि जारी आन्दाेलनअन्तर्गत गाेर्खाहरु, गेसाे र बेलायत सरकारबीच निरन्तर वार्ता हुँदै आइरहेकाे छ। त्यसकाे निरन्तरता स्वरुप आगामी नाेभेम्बर २२ मा बेलायत सरकारसँग गेसाे र नेपाल सरकारले मन्त्रीस्तरीय वार्ता गर्दैछन्। नेपाल सरकारका मन्त्रीसमेत पहिलाेपटक सामेल हुन लागेकाे याे वार्ताबाट गाेर्खाहरुका सबै समस्याहरु समाधान गर्ने गरी तयारीमा गेसाे लागेकाे छ।

वार्तालाई निष्कर्षमा पुर्‍याउन निकै जाेडबलका साथ लागि परेका सभापति कृष्णकुमार राईले गुरुङसँग एकताकाे सहमती गरेर सफल तयारी गरेका छन्।

छलफलमा पूर्वमहासचिव राईलगायतले गेसोले मात्रै वार्तालाई टुङ्गाे पुर्‍याउन सक्ने विश्वासका साथ एकढिक्का भएर अगाडि बढ्ने संकल्प गरेका छन्।

‘बाँकी रहेका गोर्खाहरुका मुद्दामा बेलायत सरकारसँग गेसोलगायत अन्य सम्पूर्ण भू.पू. सैनिकजन्य संस्थासँग मिलेर आगामी वार्तालाई सफलतामा पुर्‍याउने छौँ,’ सभापति राईले भने। गाेर्खाहरुकाे हितमा हुने सम्पूर्ण काममा सबै गाेर्खाहरु काँधमा काँध र हातमा हात मिलाइ अगाडि बढ्ने गरी सहमती भएकाे उनकाे भनाइ छ।

याे वार्ताले थप उत्साह मिलेकाे उनले बताए। ‘गेसो र संस्थापकबीच ८ वर्षको अन्तरालमा कुनै भेटघाट र संवाद हुन सकेको थिएन। यो भेटघाटले हाम्रो सम्बन्ध थप मजबूत बनेको छ,’ उत्साहित हुँदै सभापति राई भन्छन, ‘भेटघाट र छलफल उपलब्धीपूर्ण भयो र यो ऐतिहासिक पनि हो।’

त्यस्तै गुरुङले पनि गाेर्खाहरुकाे हितकाे लागि गाेलबन्द भएर अगाडि बढ्ने वाचा दिए। ‘गेसो र नेतृत्वलाई थप बलियो र सफल बनाउन संस्थापक सभापतिको तर्फबाट विशेष ढङ्गले भूमिका खेल्नेछु,’ उनले भने।

छलफलमा उपसभापति धर्मबहादुर तामाङ र महासचिव नरहाङ राईलगायत सहभागी थिए।

प्रकाशित मिति: : 2023-10-26 17:40:00

प्रतिकृया दिनुहोस्

    Gorkhey phutey Nepal ra Belayat ka sasak-haru,lutey???...

    • 6 महिना अगाडि
    • Yam Gurung