प्रतिस्णा रेग्मी
नेपाल, युएई र हङकङ बिचकाे त्रिकाेणात्मक टि- २० सिरिज काठमाडाैँमा जारी छ। टि- २० विश्वकप अन्तर्गत एसिया छनाेटकाे अभ्यास स्वरुप गत बुधबारदेखि आयाेजना गरिएकाे सिरिजमा पहिलाे राउण्डका खेलहरु सकिएका छन्। जसमा एक अर्काे टाेलीबीच प्रतिस्पर्धा भएकाे छ।
पहिलाे राउण्डकाे खेलमा नेपाल युएई र हङकङमाथि सान्दार जित निकाल्न सफल भयाे। एसिया कप अन्तर्गत क्रिकेटका महारथि देश भारत र पाकिस्तानकाे प्रतिस्पर्धा तथा एसियन खेलकुद (एसियाड)बाट राम्राे अनुभव लिएकाे नेपाली राष्ट्रिय टाेलीले युएई र हङकङलाई सहजै हरायाे।
नेपालले पहिलाे खेलमा युएईमाथि ७ तथा दाेस्राे खेलमा हङकङमाथि ६ विकेटकाे जित निकालेकाे थियाे।
यसरी पहिलाे राउण्डकाे खेलमा दुई देशमाथि सहज जित निकालेकाे नेपाली टाेली उच्च मनाेबलले भरिएकाे छ। विगतका खेलकाे अनुभव र भारतमा गरेकाे अभ्यासकाे कारण राम्राे प्रदर्शन गर्न सफल भएकाे कप्तान राेहितकुमार पाैडेल बताउँछन्।
‘हामाीले टि- २० एसिया छनोटकाे लागि नागपुर (भारत)मा प्रशिक्षण गरेका थियौँ। त्यो प्रशिक्षणपछि अहिले भइरहेको सिरिजले छनोटको लागि मद्दत पुगेको छ’, कप्तान रोहितले भने, ‘त्यहाँ गरेको मेहेनतको नतिजा यहाँ आयो, राम्रो लागि रहेको छ।’ जारी सिरिज खेल्नुअघि नेपालले नागपुरमा १० विशेष प्रशिक्षण गरेकाे थियाे।
नेपाली टोलीले एसियाली खेलकुद एसियाड खेलेर आएलगतै नागापुरमा प्रस्थान गरेको थियो।
त्यस्तै नेपाली टाेलीका महत्वपूर्ण खेलाडी करण केसीले निरन्तरकाे अभ्यासकाे कारण नेपालले राम्राे प्रदर्शन गर्न सकेकाे बताए। ‘हामीले पछिल्लो एक वर्षदेखि नै रेगुलर (नियमित) क्रिकेट खेलिरहेका छौँ। नियमितजस्तो टुर्नामेन्ट भइरहँदा खेलाडीहरु पनि टचमा रहिरहेको छौँ। त्यही अनुभवले नै दुवै खेलको नतिजा हाम्रो हातमा आयो,’ करणले भने।
जारी सिरिजले आगामी टि- २० विश्वकप छनाेटकाे लागि मद्दत पुग्ने विश्वास केसीकाे रहेकाे छ। ‘अहिले भइरहेको सिरिजले हामीलाई टि- २० एसिया विश्वकप छनोटको लागि एकदमै मद्दत भइरहेको छ,’ करणले भने, ‘हाम्रो लक्ष्य भनेको नै टि- २० मा छनोट हुने हो।’
यस त्रिकाेणात्मक सिरिज सकिए लगत्तै काठमाडौँको टियु मैदान र मूलपानी क्रिकेट रगंशालमा टि- २० एसिया विश्वकप छनोटको आयोजना हुँदैछ। जसमा एसिया छनाेटकाे लागि नेपालसहित युएई, हङकङ, ओमान, मलेसिया, सिंगापुर, बहराइन र कुवेत गरी ८ राष्ट्रबीच प्रतिस्पर्धा हुनेछ।
नेपाल यसअघि सन २०१४ मा टि- २० मा छनोट भएको थियो। नेपालले पुन: उक्त इतिहास दाेहार्याउन चाहन्छ, जसकाे लागि नेपालले अहिले जुन लयमा खेलिरहेकाे छ त्यसरी नै खेल्नुपर्ने देखिन्छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया