एनआरएनए एसिया प्यासिफिक क्षेत्रको महिला कोर्डिनेटरमा अनिता गुरुङ निर्वाचित

गैरआवसीय नेपाली संघ (एनआरएनए)को एसिया प्यासिफिक क्षेत्रको महिला कोर्डिनेटर (आरसी)मा अनिता गुरुङ निर्वाचित भएकी छन्।

काठमाडौंको सोल्टी होटलमा जारी संघको ११औँ महाधिवेशनअन्तर्गत बिहीबार भएको भौतिक तथा अनलाइन मतदानबाट गुरुङ निर्वाचित भएकी हुन्।

लामो समयदेखि जापानलाई कर्मभूमी बनाउँदै आएकी अनिता एक समाजसेवीका रूपमा अग्रपङ्तिमा रहदै आएकी छिन्।आपतबिपत्त पर्दा उनले नेपालमा समेत राहतका कार्यक्रम सञ्चालन गदै आएकी छन्।

अनिताको एनआरएनए भित्र पनि एक क्षमतावान महिलानेतृको परिचय बनेको छ ।   

प्रकाशित मिति: : 2023-10-20 09:03:00

प्रतिकृया दिनुहोस्