‘माैका पाएकाे बेला महिलाले पनि खेल्न सक्छन् भनेर प्रमाणित गर्‍याैँ’

१९औँ एसियाली खेलकुद (एसियाड)मा नेपालको लागि पहिलो पदक महिला कबडी टाेलीले हात पर्‍याे। लगभग पदकविहीन हुने अवस्थामा पुगेकाे नेपाललाई महिला कबडी टाेलीले डेब्यूमै पदक दिलाएपछि नेपालमा खुसीयाली छाएकाे थियाे।

चीनकाे प्रसिद्ध सहर हाेङचाउमा एसियाड सुरु भएकाे १२औँ दिनमा मात्र नेपालकाे महिला कबडी टाेलीले एउटा पदक सुरक्षित गर्न सफल भएकाे थियाे। महिला कबडी टाेलीले दिलायएकाे खुसीयालीमा कराँतेकी एरिका गुरुङले अर्काे खुसी थपिन्। उनी कराँतेकाे एकल स्पर्धामा रजत पदक जित्न सफल भइन्।

यही खुसी बाेकेर नेपाली टाेली असाेज २३ गते स्वदेश फर्किएकाे छ।

पदक बाेकेर स्वदेश फर्किएपछि महिला कबडी टाेलीकी कप्तान मेनुका राजवंशीले खुसी बाँडिन्, ‘हामीले पदक जित्छोँ भनेपछि हामी पूरै टिम नै एकदम खुसी भएका थियौँ। हामीले यसका लागि धेरै मिहिनेत गरेका थियौँ। मिहेनत अनुसार पदक जित्दा निकै खुसी लागेको छ।’

हाेङचाउमा सेप्टेम्बर २३ देखि अक्टाेबर १० तारिखसम्म चलेकाे एसियाली खेलकुदमा नेपालले २९ खेलमा सहभागिता जनाएकाे थियाे। त्यसमध्ये कबडीमा नेपालले पहिलाेपटक सहभागिता जनाएकाेले सरकार अर्थात् राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पदक दिलाउने खेलकाे सूचीमा राखेकाे थिएन।

महिला कबडी टाेलीकाे लागि तालिमकाे उचित व्यवस्थापन मिलाइएकाे थिएन। तयारी त परकाे कुरा खेलाडी छनाेटसमेत ढिला गरिएकाे थियाे। नेपालले कबडीमा सहभागिता जनाउने टुङ्गाे लागेपछि देशभर छरिएर रहेका चेलीहरुलाई एकत्रित गरेर हाेङचाउ पठाइएकाे थियाे।

नेपालमा हेलिएका कबडीका चेलीहरुले हाेङचाउमा नेपालकाे शिर उचाे बनाए। समूह खेलमा महिला कबडीबाट नेपालले पहिलाे पटक पदक जित्याे। त्यसैले त हाेङचाउमा महिला टाेलीले प्रदर्शन गरेकाे खेललाई ‘चमत्कार’काे संज्ञा दिइएकाे छ।

यही चमत्कार देखाउने अवसर दिएकाेमा कप्तान राजवंशीले कबडी संघप्रति धन्यवाद व्यक्त गरिन्। ‘सर्वप्रथम त पहिला कबडी संघलाई धेरै धन्यवाद दिन चाहन्छु’, उनले भनिन्, ‘हामीलाई योग्य ठानेर एसियाडमा लग्ने कुरा गर्नुभयाे।’ उनले टाेलीकाे तर्फबाट राखेप र ओलम्पिक कमिटीलाई पनि धन्यवाद दिइन्।

खेल्ने माैका दिइएकै कारण महिला कबडी राम्राे छ भन्ने प्रमाणित गर्न सफल भएकाे उनकाे भनाइ थियाे।

नेपाली कबडी टाेलीले सन् २०१९ मा काठमाडाैँमा सम्पन्न दक्षिण एसियाली खेलकुदमा (साग)मा रजत पदक जितेकाे थियाे। त्यही जितले नेपाली टाेलीलाई हाेङचाउसम्म पुर्‍याएकाे थियाे।

यद्यपि, नेपालमा त्यसकाे लागि आवश्यक पूर्वाधार तयार गरेकाे थिएन।

टाेलीले एसियाडकै लागि भनेर भारतमा गएर तीन महिनामात्र प्रशिक्षण गरेकाे थियाे। प्रशिक्षण अवधि छाेटाे भए पनि राम्राे भएकाे प्रशिक्षक पार्वती राई बताउँछिछन्। ‘एसियाडकै लागि भनेर हामीले तीन महिना प्रशिक्षण गरेका थियौँ। त्यही तीन महिनाबीच राखेप र कबडी संघको सहकार्यमा हामीले भारतमा गएर प्रशिक्षण गरेका थियौ। हामीले नेपालमा गरेको ट्रेनिङ पनि एकदमै राम्रो भएको थियो।’

नेपाल कबडी संघकाे आफ्नाे हल छैन। त्यसैले खेलाडीहरुले आफ्नै विभागीय टाेलीमा रहेर प्रशिक्षण गरेका थिए।

‘हामीलाई खेल्न हल छैन्। बिहान फिजिकल ट्रेनिङ त गर्छाैँ तर हामीसँग म्याट त छ तर हल छैन। म्याट बिछ्याउने स्थान भयाे भने जुन माैसमा पनि ट्रेनिङ गर्न पाउँछाैँ,’ कप्तान राजवंशीले अभ्यासकाे लागि हलकाे आवश्यकता रहेकाे बताइन्।

प्रकाशित मिति: : 2023-10-15 15:30:00

प्रतिकृया दिनुहोस्