आतंकवाद निन्दनीय छ तर हमासलाई कसले जन्मायो?

युवराज घिमिरे

काठमाडाैँ

युक्रेन र रुसबीचको युद्ध जारी नै रहँदा अहिले त्योभन्दा कैंयौं ठूलो खतरनाक परिणामद्वारा विश्वलाई नै गाज्न सक्ने अर्को घटना भएको छ।सन् १९४८ मा इजरायल राज्यका रुपमा स्थापना र संयुक्त राष्ट्रसंघमा प्रवेशले प्यालिस्टिनीहरुको राज्य सम्बन्धी विवादले नयाँ मोड लियो।उसको औपचारिक हैकम गिर्दो अवस्थामा छँदा बेलायतले अरब जगत र इजरायलबीच कहिल्यै ननिभ्ने आगो लगाएर गयो, इजरायललाई छुट्टै राज्य घोषणामा अग्रणी र विजयी भूमिका खेलेर।

यद्यपि बीचबीचमा प्यालेस्टाइन र इजरालयबीच शान्तिका अनेक प्रयत्न भएका छन्। तर अक्टोबर ७ मा प्यालेस्टिनीहरुको ‘मिलिट्यान्ट’ या उग्र संगठन हमासले जुन आतंकवादी शैलीमा इजरायलमाथि मिसाइललगायत भीषण आक्रमण गरी गैरसैनिक आम नागरिक, वालबालिका तथा विदेशीहरुलाई समेत निशाना बनायो, त्यसले हमासलाई एक्ल्याएको छ। प्यालेस्टिनीहरुको संघर्षको पृष्ठभूमिलाई आतंकी स्वरुप दिएर ओझेलमा पारेको छ। भविष्यलाई अनिश्चित तुल्याएको छ।

इजरायल प्रतिरोधमा दृढ छ, तर अक्टोबर ७ को घटनापछि पीडितका रुपमा उसले व्यापक अन्तर्राष्ट्रिय सहानुभूति र समर्थन हासिल गरेको छ। उसले त्यसलाई कुन रुपमा कार्यान्वयनमा लैजाला, त्यसले निकै हदसम्म भावी परिदृश्यलाई निर्देशित पनि गर्नेछ। कुनरुपमा कार्यान्वयनमा लैजाला, त्यसले निकै हदसम्म भावी विश्व परिदृश्यलाई निर्देशित पनि गर्नेछ।तर हमासको पछिल्लो आक्रमणले प्यालेस्टिनीहरुको भूमिमाथिको अधिकार र अन्तरर्राष्ट्रिय जगतको व्यापक समर्थनलाई पूर्ण उपेक्षाको विन्दुमा पुर्‍यायो भने त्यो आतंकवादको विजय हुनेछ।

प्रकाशित मिति: : 2023-10-13 19:05:00

प्रतिकृया दिनुहोस्