इजरायल-हमास युद्धमा २७ सय मारिए

photo : reuters
photo : reuters

इजरायल-हमास युद्धमा दुवैतर्फ गरेर मर्नेकाे संख्या २७ नाधेकाे छ। 

हालसम्म सार्वजनिक तथ्यांकअनुसार इजरायली आक्रमणबाट १ हजार ४ सय १७ प्यालेस्टिनी र हमासकाे आक्रमणबाट १ हजार ३ सय इजरायली गरी कूल २७ सय १७ जनाकाे ज्यान गएकाे छ।

इजरायली आक्रमणमा परी मृत्यु हुनेको सङ्या एक हजार ४१७ पुगेको प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयको दावी
गाजामा जारी इजरायली आक्रमणमा परी मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या एक हजार ४१७ पुगेको छ भने अन्य छ हजार २६८ जना घाइते भएको गाजास्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ।

इजरायलले बिहीबार पनि गाजा पट्टीका विभिन्न क्षेत्रमा हवाई आक्रमण जारी राखेको छ। 

इस्लामिक रेजिस्टेन्स मुभमेन्ट (हमास) ले शनिबार गरेको ठूलो आक्रमणको प्रतिक्रियास्वरुप उक्त हवाई आक्रमण गरिएको हो।

इजरायलको सार्वजनिक प्रसारक कानले इजरायली मारिनेको सङ्ख्या एक हजार ३०० भन्दा बढी पुगेको जनाएको छ।

इजरायल हमास युद्ध शनिबारदेखि जारी छ।

प्रकाशित मिति: : 2023-10-13 06:36:00

प्रतिकृया दिनुहोस्