जब रणदीप हुड्डाले अचानक काजल अग्रवाललाई ‘किस’ गरे...(तस्बिरसहित)

तस्बिर: सामाजिक सञ्जाल
तस्बिर: सामाजिक सञ्जाल

साउथ इण्डियनकी चर्चित अभिनेत्री काजल अग्रवाल अहिले आफ्नाे जीवनमा व्यस्त छिन्। एक बच्चाकी आमा बनेकी उनी अहिले आफ्नाे परिवारसँग समय बिताइरहेकी थिइन्। 

तर अहिले फिल्मी दुनियाँबाट टाढा रहेकी काजल कुनैबेला साउथ इन्डस्ट्रीकी ‘मुटु’ थिइन्। उनकाे एक झलक देख्नका लागि दर्शकहरू मरिशत्ते नै गर्थे। साेझी र सिम्पल अभिनेत्री उनी फिल्ममा ‘किस’ नगर्ने अभिनेत्रीकाे लिस्टमा पर्छिन्। तर कुनैबेला त्यस्ताे पनि भएकाे थियाे,  जब उनले फिल्ममा किसवाला दृश्य दिएकी थिइन्। 

दिपक तिजोरीको निर्देशनमा बनेको फिल्म ‘दो लफ्जो की कहानी’ मा काजाेल र अभिनेता रणदीप हुड्डाबीच किस भएकाे थियाे। खासमा, काजललाई त्याे दृश्य गर्ने इच्छा थिएन। 

उनले ‘किस’ दृश्यको जानकारी पाउनासाथ निर्देशकसँग त्याे सिन गर्न अस्वीकार गरिन्। तर अचानक रणदीप आएर काजललाई समातेर चुम्बन गरे।

काजल यसका लागि अप्रत्याशित रूपमा तयार थिइनन्। त्यो दृश्य लगत्तै काजल रिसाइन्। काजल रिसाएकाे देखेर निर्देशकले फकाउन थाले। अनि काजलले निर्देशकलाई त्यो ‘किस’ दृश्य हटाउन भनिन्। तर निर्देशकले सम्झाएपछि उनी चुप लागिन्।  

प्रकाशित मिति: : 2023-10-09 20:00:00

प्रतिकृया दिनुहोस्