हुम्लामा जिप दुर्घटना, ९ जना घाइते, दुई वडा अध्यक्षसहित तीनकाे अवस्था गम्भिर

हुम्ला सदरमुकाम सिमकोटमा जिप दुर्घटनामा परी घाइते भएका यात्रुको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। गम्भिर घाइते तीन जनालाई उद्धार गरी केहीबेर अघि बाँकेको नेपालगञ्ज लगिएको छ।

सिमकोटबाट ठेहेतर्फ जाँदै गरेको बा२१च ७३५३ नं को जिप मानसरोवर माध्यमिक विद्यालयनजिक दुर्घटना हुँदा चालकसहित नौ जना घाइते भएका थिए। दुर्घटनामा गम्भिर घाइते भएका सिमकोट गाउँपालिका– २ का वडाध्यक्ष ३७ वर्षीय देवजङ बोहरा, सोही गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष ३५ वर्षीय पामा लामा र वडा नं. का ४ का ध्रुर्वबहादुर शाहीलाई हेलिकप्टरमा नेपालगञ्ज लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सामान्य घाइते यात्रुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति: : 2023-10-08 19:17:00

प्रतिकृया दिनुहोस्