सकियाे १९औँ एसियाली खेलकुद, नेपाल दुई पदकमा सीमित

BreaknLinks
BreaknLinks

१९औँ एसियाली खेलकुद (एसियाड) सम्पन्न भएकाे छ। चीनकाे प्रसिद्ध सहर हाेङजाउमा सेप्टेम्बर २३ तारिखदेखि सुरु भएकाे एसियाड आइतबार (अक्टुबर ८)मा समापन भएकाे छ।

एसियाका ४५ राष्ट्रमध्ये आयोजक राष्ट्र चीनले १९औँ एसियाडमा सर्वाधिक २०१ स्वर्ण हात पारेको छ। भने, ४५ मध्ये ४१ देशले पदक हात पारेका छन्। जसअन्तर्गत नेपालले सहभागिता जनाएका २९ खेलमध्ये दुई खेलमा मात्र पदक जित्न सफल भएकाे छ।

नेपालले कबड्डीमा कास्य पदक जित्याे। भने, नेपाली एरिना गुरुङ एकल कराँतेमा रजत पदक जित्न सफल भइन्।

नेपाल आशालाग्दा खेलहरुबाट एक-एक गर्दै बाहिरिएकाे थियाे। एसियाड अन्त्य अन्त्यतिर पुग्दासम्म पदकविहीन रहेकाे नेपालले समापनकाे दिनसम्म आइपुग्दा दुई वटा पदक जितर इज्जत जाेगाउन सफल रह्याे।

एसियडअन्तगर्त नेपालले पहिलाे खेलकाे रुपमा पुरुष भलिबालमा प्रतिस्पर्धा गरेकाे थियाे। यद्यपि, त्यसमा नेपाल समूह चरणबाटै बाहिरिएकाे थियाे। जुन, नेपालकाे हारकाे सुरुवात बन्याे।

त्यसपछि नेपाल एक–एक गर्दै प्रतिस्पर्धाबाट बाहिरिएकाे थियाे।

त्यस्तै राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले प्राथमिकतामा राखेकाे खेल तेक्वान्दाेमा पनि नेपाल समूह चरणबाटै बाहिरिएकाे थियाे।

नेपालले २९ खेलमा प्रतिस्पर्धा गरेकाे थियाे। जसमध्ये नेपाललाई पदक दिलाएकाे कबड्डी पनि नयाँ खेलकाे रुपमा समावेश गरिएकाे थियाे। भने, इ-स्पाेर्टस्, महिला भलिबल, महिला फुटबल र रग्बीमा नेपालले पहिलाे पटक प्रतिस्पर्धा गरेकाे हाे।

राखेपले इ- स्पार्ट्सलाई पनि प्राथमिकतामा राखेकाे थियाे। इ-स्पार्ट्समा नेपालले राम्रै प्रदर्शन गरेता पनि सेमिफाइनलबाट बाहिरिएकाे थियाे।

त्यस्तै फुटबलमा पहिलाेपटक प्रतिस्पर्धा गरेकाे नेपालले पहिलाे खेलमा नै विश्वकप खेलिसकेकाे जापानसँग प्रतिस्पर्धा गरेकाे थियाे। जसमा हारेकाे नेपाल समूह चरणबाटै बाहिरिएकाे थियाे।

त्यस्तै सुरुवाती खेलमा उत्कृष्ट प्रदर्शन गरेकाे नेपाली राष्ट्रिय क्रिकेट टाेली पनि क्वाटरफाइनलबाट बाहिरिएकाे थियाे। क्रिकेटबाट नेपालले पदककाे अपेक्षा गरेकाे थियाे।

२९ खेलमा प्रतिस्पर्धा गर्ने खेलाडीकाे लागि राखेपले २१ कराेड बजेट विनियाेजन गरेकाे थियाे। यद्यपि, बजेट कम भएकाे र साेचेअनुसार तयारी गर्न नपाइएकाे खेलाडीहरुले गुनासाे गरेका थिए।

यद्यपि, अभाव र दबाबका बीच पनि नेपालले दुई वटा पदक जित्न सफल भयाे। नेपालले २५ वर्षपछि एसियाली खेलकुदमा पदक जितेकाे हाे।

वर्तमान परिस्थितमा नेपालले दुई वटामात्र भएपनि पदक जित्न सफल हुनु खुसीकाे कुरा भएकाे राखेपका कार्यवाहक सदस्य सचिव सम्राट कुसारीले बताए। ‘हामीसँग सीमित स्राेत साधन र सीमित समय थियाे। त्यसका बाबजुद पनि हाम्रा खेलाडीले राम्राे प्रदर्शन गर्नुभयाे,’ कुसारीले भने, ‘अहिलेलाई यही दुई वटा पदक जित्नु पनि हाम्राे लागि खुसीकाे कुरा हाे। त्यसमाथि नेपालकाे लागि याे ऐतिहासिक पदक पनि हाे।’

प्रकाशित मिति: : 2023-10-08 17:15:00

प्रतिकृया दिनुहोस्