सिरियाली सैन्य एकेडेमीमा भएको आक्रमणमा ६६ को मुत्यु

सिरियाको मध्य प्रान्त होम्सस्थित एक सैन्य एकेडेमीमा बिहीबार भएको ड्रोन हमलामा कम्तीमा कम्तीमा ६६ सर्वसाधारण र सैनिकको मृत्यु भएको छ। 

उक्त हमलामा एक सय ९० जना घाइते भएको सिरियाली सरकारी सञ्चारमाध्यमले जनाएको छ। हमलामा परेकामध्ये कम्तीमा ६६ जनाको मृत्यु भइसकेको होम्सको चिकित्सा स्रोत तथा सरकारी एफएमहरुले पुष्टि गरेका छन् छन्।

सिरियाली सेनाले एक विज्ञप्ति जारी गर्दै सैन्य अधिकारीहरूको दीक्षान्त समारोहपछि हतियारसहितको ड्रोनद्वारा हमला गरिएको उल्लेख गरेको छ। सेनाले हमलामा सैन्य कर्मचारी तथा सर्वसाधारण मारिएको तर कति हताहत भए भन्नेबारे विवरण उपलब्ध गराएको छैन। 

हमलामा महिला तथा बालबालिका पनि घाइते भएको र केहीको अवस्था गम्भीर रहेको बताइएको छ। 

सिरियाली सेनाले आक्रमणकारीको पहिचान गर्न नसकेको भए पनि ‘ज्ञात अन्तर्राष्ट्रि पक्षहरूको समर्थनप्राप्त आतङ्ककारी’ समूहले गरेको भन्दै यसको कडा जवाफ दिने बताएको छ।

यसैबीच सिरियाका लागि मानवअधिकार अनुगमन संस्थाले उक्त आक्रमणमा ६० जनाभन्दा बढीको मृत्यु भएको र दर्जनौँ घाइते भएको बताएको छ। आक्रमणमा सिरियाली रक्षामन्त्री पनि उक्त समारोहमा रहेको सो संस्थाले बताएको छ। 

आक्रमणस्थलबाट घाइतेहरूलाई एम्बुलेन्सहरूले स्थानीय अस्पतालतर्फ दौडाइरहेको देखिएको पनि उक्त संस्थाले जनाएको छ।

सिरियाले पछिल्लो समयमा बढ्दो ड्रोन आक्रमणको सामना गर्दै आएको छ। विद्रोही समूहले सरकारी प्रतिष्ठान तथा पूर्वाधारहरूमा आक्रमण गरिरहेका छन्।

प्रकाशित मिति: : 2023-10-06 20:43:00

प्रतिकृया दिनुहोस्