पदक नजिते के भाे, बलियो आत्मविश्वास बाेकेर फर्किए क्रिकेटर

एसियाली खेलकुद एसियाड खेलेर स्वेदश फर्किएका नेपाली राष्टिय क्रिकेट टोलीलाई बाजागाजासहित स्वागत गरिएकाे छ। उनीहरूलाई बिहिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको हाे। 

चीनमा जारी १९औँ एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपालले आफ्नो पहिलो खेल मंगोलियासँग गत असोज १० गते खेलेको थियो भने माल्दिभ्ससँग समूह चरण अन्तर्गतको दोस्रो खेल असोज १४ गते खेलेको थियो। 

एक महिनाअघि भारत र पाकिस्तानसँग सन्तोषजनक प्रदर्शन गरेको नेपालले एसियाडको समूह चरण अन्तर्गतको खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्याे।

नेपालले पहिलो खेलमै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)मा डेब्यू गरेको मंगोलियामाथि ७ वटा विश्व किर्तिमान बनाएको थियो।

भर्खर अन्तर्राष्ट्रियस्तरमा बामे सरेको मंगोलिया नेपालमाथि निरही रहन पुग्यो। मंगोलियाविरूद्ध नेपालका दायाँ हाते ब्याटर कुशल्ल मल्ल र नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफ्नो व्यक्तिगत विश्व किर्तिमान बनाए। 

सो खेलमा कुशल्ल मल्ले ३४ बलमा शतक प्रहार गरेर विश्व किर्तिमान बनाए भने ऐरीले ९ बलमा अर्धशतक प्रहार गरेका थिए। जुन टि–२० मा अहिलेसम्मकै सबैभन्दा छिटो अर्धशतक हो।

यी दुवै खेलाडीको रेकर्ड तोड्न सकस हुने नेपालका कप्तान रोहित कुमार पौडलले त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै भने, 'हाम्रो दुवै खेलाडीले बनाएकाे रेकर्ड ताेड्न गाह्राे छ। उनीहरूकाे खेल देखेर हामी खुसी छाैं। अझ डेसिङ्ग रुम बढी ह्यापी भयो।' 

मंगाेलियाविरूद्ध नेपालले गरेको प्रदर्शन विश्वभर चर्चाकाे विषय भयाे।

पछिल्लो समय नेपाली क्रिकेटको उत्कृष्ट प्रदर्शन ७ नयाँ विश्व किर्तिमानले खेलाडीहरूको हौसला झनै बढेको छ।

पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गरेर मंगोलियालाई स्तब्ध बनाएको नेपालले माल्दिभ्सविरूद्धको खेलमा पनि राम्रो प्रदर्शन गरेर क्वाटरफाइनलमा प्रवेश गरेको थियो। 

नेपाली क्रिकेटले गरेको पछिल्लो समयको उत्कृष्ट प्रदर्शनी पश्चात नेपालका लागि कम्तीमा क्रिकेट टोलीले एउटा पदक ल्याउने आसा बाेकेकाे थियाे।

चीनको हाउचाउमा जारी एसियाडमा नेपालबाट २९ खेलले प्रतिस्पर्धा गरेकाे थियाे तर कुनै पनि खेलबाट पदक भने जित्न सकेकाे छैन। एकाएक गरेर खेलाडीहरू एसियाडबाट बाहिरिहँदा नेपाली पुरुष किक्रेट टोलीकाे आसा गरिएको थियो।

समूह चरण अन्तर्गत राम्रो प्रदर्शनी गरेको नेपाल क्वाटरफाइनलमा भारतसँग परासिज हुँदै एपसियाडबाट बाहिरियो।

'एसियाडमा मेडल नआउँदा अति निराश त भएका छाैं, तर हामीले भारतविरूद्ध जुन फाइट गरेर खेल्यौँ त्यो हाम्रो लागि प्लस पोइन्ट बन्यो', कप्तान रोहितले सुनाए।भारतको एन्डियन प्रिमियर लिग (आईपिएल) तथा टी-२० खेलिसकेका खेलाडीहरूसँग प्रतिस्पर्धा गरेको नेपाल भारतसँग २३ रनमा पराजित भएको थियो। भारतले दिएको २०२ रन पछ्याएकाे नेपाल ९ विकेट गुमाउँदै १७९ मै सिमित हुन पुग्यो। 

भारतसँग पराजित भएसँगै नेपालका लागि कुनै खेलबाट पदकको आसाले पनि बिट मार्यो। ब्याटिङको क्रममा भारतकाे शिकार बनेका नेपाली ब्याटरले रन नजाेड्दै 
क्रिज छाड्न पर्याे।

भारतविरूद्धको खेलमा नेपालका लागि दीपेन्द्रले ३२ रन खर्चिएका थिए। कुशल्ल मल्ल र सन्दीप जोराले समान २९–२९ रन जोडे।

'भारतविरूद्ध हामी अन्तिम ओभरमा फिल्डिङमा कमजोर भयौँ, यही कारणले गर्दा भारतसँग हामी पराजित हुन पुग्यौँ', रोहितले भने, 'समग्रमा एसियाडमा हामीले सोचेको जस्तो प्रदर्शन गर्न सकेनौँ।' 

एसियाडमा पाँच राष्ट्रले टेष्ट मान्यता प्राप्त गरेकोले उनीहरू सिधैँ क्वाटरफाइनलमा पुगेको थियो। यता नेपाल भने समूह चरण पार गरेर 'लक्की ड्र' मा छनोट हुँदा भारतविरूद्ध खेल्नु परेको थियो। उ

क्त खेलमा नेपाली ब्याटर नटिक्नु नै नेपालको लागि ठूलो कमजोरी भयाे। धमाधम ब्याटर आउट भइरहँदा दीपेन्द्रसिंह ऐरी र सन्दीप जोराले राम्रो साझदारी गरे।

'क्रिजमा दीपेन्द्र दाइ र सन्दीप जोराले राम्रो साझदारी गरिरहँदा हामीले खेल जित्छौँ जस्तै लागेको थियो तर उहाँहरूमध्ये एक जना पनि क्रिजमा टिक्न सकेकाे भए खेलले अर्के माेड लिन्थ्याे', उनले बताए। 

गत महिना भारत र पाकिस्तानसँग एसिया कपमा राम्रो प्रदर्शन गरेको नेपालले एसियाड खेलमा भारतविरूद्धकाे खेलमा पनि सन्तोषजक प्रदर्शन गर्याे।

एक्सपोजरकाे खाँचो

नेपालले गत २-३ महिना यता टेष्ट मान्यता प्राप्त राष्ट्रहरूसँग खेलेको छ। जहाँ नेपाली क्रिकेट राम्रो अनुभव बटुल्न सफल भएका छन्। यसकाे प्रत्यक्ष असर नेपाली खेलाडीले एसिया कप र एसियाडमा देखाएका छन्। तर यति एक्सपोजरले मात्र खेल खेल्न नपुुग्ने कप्तान रोहितकाे गुनासाे छ। 

'हामीले पछिल्लाे २-३ महिना टेष्ट मान्यता प्राप्त राष्ट्रहरूसँग खेल्याैं। अब पहिलेकाे भन्दा अझ राम्राे खेल्नुपर्छ भनेर लागिरहेका छाैं', उनले भने, 'अब हामी लाइन क्रस गरेरै खेल्नेछाैं।' 

नेपालले जिम्माबे र वेष्ट इन्डिज जस्ता शक्तिशाली राष्ट्रबाट भारत र पाकिस्तान क्रिकेट महाराथीको चुनौती पार गरिसकेकाे छ। राम्राे अनुभव पनि बटुलेकाे छ।

२–३ महिना यता क्रिकेटमा चमत्कार गरेको नेपाली क्रिकेटले अगामी कार्तिकमा घरेलु मैदानमै आईसीसी टी-२० विश्वकप एसिया छनोट खेल्दै छ।

एसिया कप र एसियाडले नेपाली क्रिकेटको लागि एउटा ठुलो उपलब्धी हासिल गराएको छ। यही खेलेर नै एसिया छनोटको लागि थप मद्दत पुग्नेछ।

'यो भन्दा अझै धेरै एक्सपोजर पायौँ भने हाम्रो टिमले राम्रो गर्न सक्छ। पछिल्लाे समय हामीले धेरै राम्राे अनुुभव बटुलेका छाैं। तर अझै हामीले राम्राे गर्नुपर्छ', नेपाली क्रिकेटर बलियाे भएकाे उनले संकेत गरे।

प्रकाशित मिति: : 2023-10-05 17:22:00

प्रतिकृया दिनुहोस्