
बिएल संवाददाता
नेपालगञ्जका हिन्दू र इस्लाम धर्मगुरुहरुले सामाजिक सद्भाव खलबलिने नदिने बताएका छन्।
दुई धार्मिक समुदायको विवादपछि हिन्दू र इस्लाम धर्मगुरुहरुले एकठाउँमा उभिएर सामाजिक सद्भाव खलबलिने नदिने बताएका हुन्।
नेपालगञ्जस्थित बागेश्वरी मन्दिरका मूल भट्ट चन्दननाथ योगीले केही दिनदेखि उत्पन्न विवादबाट नेपालगञ्जबासीहरु विभाजित हुन नहुने बताए।
‘यो विवादले हामीहरु विभाजित हुनुहुँदैन’, योगीले भने, ‘जहाँ राम्रो हुन्छ, त्यहाँ नराम्रो हुन्छ, गुलाफमा पनि काँड हुन्छ। भगवान रामलाई रावणले दुख दियो। भनेपछि यो समाजमा केही कुतत्वहरु छन्, त्यो तत्वहरुले नसडीजस्तो भएर केही छाप्छन् भन्दैमा हाम्रो सामाजिक सद्भाव खलबलिनेवाला छैन।’
उनले इस्लाम धर्मगुरु मौलाना जब्बार मन्जरीको हात उठाउँदै भने, ‘उहाँलाई मैले डोर्याएर लिएको छु। यो हाम्रो मन्दा, यो हाम्रो सद्भाव कसैले ताड्न सक्दैनन्।’ विवादलाई लिएर व्यापार व्यवसाय बन्द नगर्न उनले आग्रह गरेका छन्।
त्यस्तै इस्लाम धर्मगुरु मौलानाले सामाजिक सद्भावलाई बचाएर राख्न सबैलाई आह्वान गरे। ‘हामीहरु कोही कसैबाट साना–तिना काम गर्नुहुँदैन। हाम्रो सामाजिक सद्भाव सधैँ कामय राख्नुपर्छ,’ उनले भने।
दुई समुदायबीचको विवाद सामाजिक सद्भाव खलबलिने अवस्था सिर्जना नहोस् भनेर जिल्ला प्रशासन कार्यालय बाँकेले मंगलबार दिउँसोदेखि अनिश्चितकालीन कर्फ्यू जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले सामाजिक सद्भाव कामय राख्न तथा नेपालगञ्जलाई पुरानै अवस्थामा ल्याउन समन्वयकारी भूमिका खेलिरहेको बताए।
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया