बिएल संवाददाता
नेपालगञ्जका हिन्दू र इस्लाम धर्मगुरुहरुले सामाजिक सद्भाव खलबलिने नदिने बताएका छन्।
दुई धार्मिक समुदायको विवादपछि हिन्दू र इस्लाम धर्मगुरुहरुले एकठाउँमा उभिएर सामाजिक सद्भाव खलबलिने नदिने बताएका हुन्।
नेपालगञ्जस्थित बागेश्वरी मन्दिरका मूल भट्ट चन्दननाथ योगीले केही दिनदेखि उत्पन्न विवादबाट नेपालगञ्जबासीहरु विभाजित हुन नहुने बताए।
‘यो विवादले हामीहरु विभाजित हुनुहुँदैन’, योगीले भने, ‘जहाँ राम्रो हुन्छ, त्यहाँ नराम्रो हुन्छ, गुलाफमा पनि काँड हुन्छ। भगवान रामलाई रावणले दुख दियो। भनेपछि यो समाजमा केही कुतत्वहरु छन्, त्यो तत्वहरुले नसडीजस्तो भएर केही छाप्छन् भन्दैमा हाम्रो सामाजिक सद्भाव खलबलिनेवाला छैन।’
उनले इस्लाम धर्मगुरु मौलाना जब्बार मन्जरीको हात उठाउँदै भने, ‘उहाँलाई मैले डोर्याएर लिएको छु। यो हाम्रो मन्दा, यो हाम्रो सद्भाव कसैले ताड्न सक्दैनन्।’ विवादलाई लिएर व्यापार व्यवसाय बन्द नगर्न उनले आग्रह गरेका छन्।
त्यस्तै इस्लाम धर्मगुरु मौलानाले सामाजिक सद्भावलाई बचाएर राख्न सबैलाई आह्वान गरे। ‘हामीहरु कोही कसैबाट साना–तिना काम गर्नुहुँदैन। हाम्रो सामाजिक सद्भाव सधैँ कामय राख्नुपर्छ,’ उनले भने।
दुई समुदायबीचको विवाद सामाजिक सद्भाव खलबलिने अवस्था सिर्जना नहोस् भनेर जिल्ला प्रशासन कार्यालय बाँकेले मंगलबार दिउँसोदेखि अनिश्चितकालीन कर्फ्यू जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले सामाजिक सद्भाव कामय राख्न तथा नेपालगञ्जलाई पुरानै अवस्थामा ल्याउन समन्वयकारी भूमिका खेलिरहेको बताए।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया