मन्दिरा अधिकारी
हिजो-अस्ति सवारी आगमनले व्यस्त रहने काठमाडौँको हाँडीगाउँ कृष्णमन्दिर–कालोपुल सडकखण्डमा शुक्रबार (आज) गाडी चलेनन्। तर, मानिसको चहलपहल छ।
किनकि, हाँडीगाउँमा ‘हाँडीगाउँ सडक महोत्सव’ भइरहेको छ। सडकमा गाडी गुडेका छैनन्, छन् त केबल नेवाः समुदायको पहिचान झल्काउने खानेकुरादेखि नाचगान। अझ् सडक छेउमा लगाइएका स्टल अनि विभिन्न प्रकारका नेवारी खानेकुरा, जसले हाँडीगाउँलाई जीवन्त बनाएको छ।
इन्द्रजात्राको अवसर पारेर महोत्सव आयोजना गरिएको हाे। जहाँ लोप हुन लागेको नेवा: संस्कृतिको झल्को दिएको छ। ‘नेवा: संस्कृतिलाई संरक्षण गर्ने, हाँडीगाउँलाई पर्यटकीयस्थलका रुपमा विकास गर्ने’ योजनाका साथ महोत्सव सञ्चालित छ।
काठमाडौँका जात्रा, महोत्सवमा प्रायः हो–हल्ला र सवारीको ठुलो जामले भरिएको हुन्छ। तर, हाँडीगाउँमा सञ्चालनमा रहेकाे जात्रामा न त कुनै हो–हल्ला छन्, न कुनै सवारीको जाम। महाेत्सव शान्त रुपमा चलिरहेकाे छ।
महा-भाटभटेनी स्टलकी अक्ष्यक्ष मधु श्रेष्ठले युवा पुस्ताहरुमाझबाट हराउँदै गएका नेवाः परम्परालाई जोगाउन महोत्सवको आयोजना गरिएको बताइन्। ‘अहिलेको पुस्तालाई आफ्नो संस्कृतिकोबारे ज्ञान छैन, काठमाडौँको सौन्दर्य भनेको यँहाको नेवाः परम्परा तथा सांस्कृति हो,’ उनले भनिन्, ‘संस्कृति रहेमात्रै हामी नेवार हुन्छौँ। त्यसैले महोत्सव आयोजना गरिएकाे हाे।’
यो महोत्सव एक हप्ताअघि पनि सञ्चालन गरिएको थियो। महोत्सवमा १५ स्टल राखिएका छन्। र, आर्कषणको केन्द्र नेवारी परिकार पनि छन्।
महोत्सवमा गुन्द्री, सुकुल, माटाका भाँडा, नेवारी नाच, गट्टा, डोरीलगायतका विभिन्न खेल खेल्नुका साथै माटोको भाँडा बनाउने र धागो काट्ने र चर्खा राखिएको छ।
महोत्सव नेवारी संस्कृतिलाई झल्काउने गरी अब महिनाको एक दिन सञ्चालन गर्ने याेजना आयाेजककाे छ।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया