दमकमा छुरा प्रहारबाट एक जनाकाे मृत्यु

झापाकाे दमक नगरपालिका- १ कुमाल चाेकमा छुरा प्रहार हुँदा इलाम चुलाचुली गाउँपालिका- ३ बस्ने ३८ वर्षीय गोविन्द लिम्बुको शुक्रबार बिहान मृत्यु भएको छ।

दमक नगरपालिका- ७ बस्ने २५ वर्षीय सनम राईले एक्कासी छुरा प्रहार गर्दा गम्भीर घाइते भएका लिम्बुलाई तत्काल उपचारको लागि लाइफ लाइन अस्पताल दमक लगिएकोमा अस्पताल पुर्‍याउना साथ उनको मृत्यु भएको हो।

घटनापश्चात राई छुरा लिई फरार भएको र निजसँग वतन नखुलेका करिब २३ वर्षीय पुरुषसमेत रहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले फरार व्यक्तिहरूको खोजी गर्नुका साथै घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: : 2023-09-29 13:06:00

प्रतिकृया दिनुहोस्