बढ्दो उमेरसँगै शरीरमा विभिन्न प्रकारका परिवर्तनहरू देखिन थाल्छन्। अनुहारमा धेरै प्रकारका रोगले असर गर्न थाल्छ र अनुहार चाउरी पर्न थाल्छ। कोही मानिसहरू लामो समय सम्म जवान देखिने भएतापनि केहि मानिसहरू आफ्नो उमेर भन्दा पहिले नै बुढो देखिन्छन्।
यो केवल जीवनशैली बानीको कारण हुन्छ। बुढ्यौली रोक्न गाह्रो छ तर केही बानी परिवर्तन गरेर यसलाई कम गर्न सकिन्छ। यदि तपाई पनि लामो समयसम्म जवान र स्वस्थ देखिन चाहनुहुन्छ भने अवश्य अपनाउनुहोस् यी उपायहरु।
उक्त उपाय अपनाउनका लागि मातृ तथा बाल पोषण विशेषज्ञ डा. रमिता कौर भन्छिन्, 'बुढ्यौली एक प्राकृतिक प्रक्रिया भएता पनि चाउरी र फाइन लाइनहरू कम गर्न गाह्रो छ।तसर्थ, यसबाट बच्न तपाईंले आफ्नो दिनचर्या सुधार्नुपर्छ।'
ड्राई फ्रुट खाने गर्नुहाेस्–
हरेक दिन ५ वटा बदाम र २ ओखरलाई रातभर पानीमा भिजाएर दिनको सुरुवात गर्नुहोस्। ओखर स्वादिलो र पोषक तत्वले भरिपूर्ण ड्राई फ्रुट हो। यो खाँदा स्वास्थ्यमा सुधार हुनुका साथै अनुहारमा चमक आउँछ। ओखरमा पाइने एन्टिअक्सिडेन्टले फ्रि रेडिकलबाट छुटकारा पाई बुढ्यौली प्रक्रियालाई सुस्त बनाउँछ।
यसका साथै यसमा पाइने भिटामिन–ई र ओमेगा–३ फ्याटी एसिडले छालालाई नरम बनाउँछ। बदाममा भिटामिन ई हुन्छ। यसको सेवनले एन्टी(अक्सिडेन्टहरू उपलब्ध गराउँछ, जसले फ्री रेडिकलले हुने क्षतिबाट जोगाउँछ। दैनिक बदाम खाँदा फाइन लाइन्स, चाउरी, उमेरको दाग र कालो घेराबाट छुटकारा पाउन मद्दत गर्छ।
अमिलाे फल खानुहाेस्–
छालालाई जवान र सुन्दर बनाउन शरीरमा भिटामिन सी आवश्यक हुन्छ। शरीरमा भिटामिन सीको कमी भएमा छालामा चाउरी पर्नुका साथै अन्य धेरै समस्या देखिन थाल्छ।
त्यसैले भिटामिन सी युक्त खानेकुराहरू जस्तै सुन्तला, किवी, जामुन आदिलाई आफ्नो आहारमा समावेश गर्नुहोस्। यसको सेवनले कोलाजेन उत्पादनमा मद्दत गर्छ, जसले छालालाई कडा बनाउँछ।
पानी पिउनुहाेस्–
दैनिक कम्तीमा ३ लिटर पानी पिउनुहोस्। पानीलाई सबैभन्दा राम्रो एन्टी एजिङ मानिन्छ। पानीले छालामा रक्तसञ्चार बढाउँछ। पानीले शरीरलाई हाइड्रेटेड र ताजा राख्छ र छालाको लोच कायम राख्छ।
पर्याप्त मात्रामा पानी पिउने मानिसहरूमा दाग, चाउरी र फाइन लाइनहरू हुने सम्भावना कम हुन्छ र बुढ्यौलीका लक्षणहरू चाँडै देखिँदैन। पानी पिउनाले शरीरलाई डिटोक्सिफाई गर्छ र छालालाई स्वस्थ राख्छ।
फेस मसाज गर्नुहाेस्–
राति सुत्नुअघि ४ देखि ५ थोपा अर्गन आयलले फेस लिफ्टिङ मसाज गर्नुहाेस्। अनुहारमा मालिस गर्दा रक्तसञ्चारमा सुधार हुन्छ। अनुहारमा बिस्तारै मालिस गर्दा छालामा रगतको प्रवाह बढ्छ। रक्तसञ्चार बढ्दा छालाका कोषहरूलाई आवश्यक अक्सिजन र पोषक तत्वहरू प्राप्त हुन्छन्।
यसबाहेक शरीरलाई डिटोक्स गर्छ। यसले अनुहारमा चमक ल्याउनुका साथै छालालाई जवान देखाउँछ। भिटामिन(ए र भिटामिन(ई बाहेक, अर्गन तेलमा लिनोलिक एसिड, ओमेगा(ट, एन्टि(अक्सिडेन्ट र खनिजहरू पाइन्छ, जसले छालालाई हानिकारक किरणहरूबाट बचाउँछ। छालाले आर्गन तेललाई राम्रोसँग अवशोषित गर्छ।
भरपूर्ण निदाउनुहाेस्–
राम्रो निद्रा नआउँदा तनाव बढ्छ र अनुहारमा चाउरी पर्न थाल्छ। त्यसैले निद्रामा कत्ति पनि सम्झौता नगर्नुहोस् र राति ७ देखि ८ घण्टाको सुन्दर निद्रा लिनुहोस्।
निद्रालाई सौन्दर्य निद्रा भनिन्छ। जब हामी गहिरो सुत्छौं, शरीर मर्मत हुन्छ। राति सुत्दा छाला पनि निको हुन्छ। त्यसैले भरपूर्ण निदाउन जरूरी छ।