पाकिस्तानमा आँखा पाक्ने रोगका कारण विद्यालय बन्द हुने

फाइल तस्बिर
फाइल तस्बिर

आँखाको सङ्क्रमण बढ्दै गएपछि पाकिस्तानको पञ्जाब प्रान्तका सरकारी र निजी विद्यालयहरू सेप्टेम्बर २८ मा बन्द हुने एआरवाई न्यूजले बुधबार जनाएको छ।

एआरवाई न्यूज एक पाकिस्तानी समाचार च्यानल हो। पञ्जाबका कार्यवाहक मुख्यमन्त्री मोहसिन नकवीले बिहीबार सबै विद्यालय बन्द गर्ने घोषणा गरेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन्।
 
आदेशमा सङ्क्रमण फैलन नदिन अन्य दिन विद्यालयको मुख्य प्रवेशद्वारमा विद्यार्थीको चेकजाँच गर्न पनि निर्देशन दिइएको छ।

एआरवाई न्यूजका अनुसार पञ्जाब प्रान्त र पाकिस्तानका अन्य भागमा आँखाको सङ्क्रमण हुने घटनामा तीव्र वृद्धि भएको छ। भारतको पञ्जाब राज्यको स्वास्थ्य विभागका अधिकारीहरुले पछिल्लो २४ घण्टामा ८५ जना नयाँ बिरामी फेला परेको जानकारी दिएका छन्। 

गुलाबी (राता) आँखा पारदर्शी झिल्लीको एक सङ्क्रमण हो जसले परेला र आँखाको नानी रहने गोलो भागलाई सङ्क्रमित गर्दछ। यसलाई ‘कन्जेक्टिभा’ भनिन्छ। 

सूर्यको प्रकाश र धुलोले आँखामा पारेको प्रतिकूल प्रभावका कारण प्रभावितलाई घरबाहिर निस्कन समेत समस्या भइरहेको छ। 

प्रभावित व्यक्तिहरूलाई आँखा सफा गर्नका लागि निर्धारित आँखामा राख्ने औषधी, चिसो पानी र सफा र नरम कपडा वा कागज प्रयोग गर्न आँखा शल्यचिकित्सक डा. इन्जार हुसेन बटले आग्रह गरेका छन्। 

प्रकाशित मिति: : 2023-09-27 22:00:00

प्रतिकृया दिनुहोस्