दैनिक आयात गर्न सकिने सुनको कोटा २० किलो कायम

दैनिकरुपमा आयात गर्न सकिने सुनको परिमाण २० किलो कायम गरिएको छ।

नेपाल राष्ट्र बैंकले आज ‘एकीकृत परिपत्र–२०७९’ मा संशोधन गर्दै आयात गर्न सकिने सुनको परिमाण बढाएको हो। यसअघि दैनिक १० किलोसम्म सुन आयात गर्न सकिने व्यवस्था थियो।

विदेशी मुद्रा सञ्चितिमा चाप परेपछि राष्ट्र बैंकले २०७८ फागुनमा सुन आयातको कोटा दैनिक २० किलोवाट १० किलोमा झारेको थियो।

सुनचाँदी व्यवसायीले आयातको कोटा बढाउनुपर्ने माग राख्दै आएका थिए।

प्रकाशित मिति: : 2023-09-27 20:32:00

प्रतिकृया दिनुहोस्