अर्थ मन्त्रालयले दियाे राउटेलाई दसैँ खर्च

लुम्बिनी प्रदेश अर्थ मन्त्रालयले राउटेलाई दसैँ खर्च उपलब्ध गराएको छ। मंगलबार मन्त्रालयमा दसैँ खर्च माग गर्दै पुगेका राउटेहरुलाई खर्च उपलब्ध गराइएको हो।

अर्थमन्त्री धनबहादुर मास्कीले दसैँ खर्चबापत २५ हजार रुपैयाँ उपलब्ध गराएका हुन्। सुर्खेतबाट आएका राउटेका मुखिया बिर्खबहादुर शाही, लालबहादुर शाही र जीवन शाहीलाई हस्तान्तरण गरिएको हो। उक्त रकम पाएपछि उनीहरु खुसी भएका थिए।

उनीहरु प्रत्येक वर्ष तिज, दसैँ तथा तिहारमा सरकारसँग खर्च माग गर्ने गरेका छन्। केही वर्षदेखि उनीहरू दाङ तथा आसपासका सरकारी कार्यालयमा गएर दसैँ खर्च माग्दै आएका छन्। त्यस अवसरमा मन्त्री मास्कीले रकमलाई सही सदुपयोग गर्न अनुरोध गरेका थिए।

प्रकाशित मिति: : 2023-09-26 14:57:00

प्रतिकृया दिनुहोस्