खालिस्तानीहरूले क्यानडामा च्याते भारतीय झण्डा

क्यानडामा खालिस्तानी कार्यकर्ताहरूले सोमबार भारतविरूद्ध प्रदर्शन गरेका छन्। 

‘सिख फर जस्टिस’का मुखिया गुरपतवंन सिंह पन्नूको आह्वानमा खालिस्तानी समर्थकहरूले बेग्लाबेग्लै स्थानमा प्रदर्शन गरेका हुन्। 

क्यानडाको भ्यानकुभर र ओटावामा भेला भएका भारतीय मूलका क्यानडेली नागरिकहरूले भारतको झण्डा च्यातेका छन्। 

क्यानडाका लागि भारतीय दूतावास बाहिर जम्मा भएका खालिस्तानी कार्यकर्ताहरूले खालिस्तानको पक्षमा नाराबाजी गरेका थिए। 

उनीहरूले भूइँमा राखेको भारतीय झण्डा र प्रधानमन्त्री नरेन्द्र मोदीको फोटो थुनिरहेका थिए।

प्रकाशित मिति: : 2023-09-26 12:05:00

प्रतिकृया दिनुहोस्