बिएल संवाददाता
अष्ट्रेलिया सरकारले समूहमा आफ्नो भूमिमा भ्रमणमा आउने चिनियाँ नागरिकलाई प्रवेशाज्ञा (भिसा) जारी गर्ने प्रक्रिया पुनः सुरु गरेको छ। व्यापार एवं पर्यटन मन्त्री डन फारेलका अनुसार स्वीकृत गरिएका गन्तव्यमा चिनियाँ पर्यटकलाई भिसा जारी गरिने छ।
कोरोना महामारीपछि पहिलोपटक भिसा जारी गर्ने प्रक्रिया पुनः सुरु गरिहएको हो। यात्रा व्यवस्थापन गर्ने चिनियाँ र अष्ट्रेलियाको पर्यटन उद्योगको समन्वयमा काम थालिएको मन्त्री फारेलले सोमबार एक विज्ञप्ति निकालेर बताएका हुन्। दुवै देशका सरकार र पर्यटन उद्योगीबीच आवश्यक सम्झौता गरेर प्रक्रिया अघि बढाइएको जानकारी उनले दिए।
चीनलगायत संसारका कुनै पनि देशबाट अष्ट्रेलियाको भ्रमण गर्नेलाई विश्वस्तरीय पर्यटन सेवा उपलब्ध गराउन सरकार तयार रहेको बताउँदै मन्त्री फारेलले पर्यटकलाई स्वागत गर्न व्यवसायीहरू उत्सुक रहेका उल्लेख गरेका छन्। यसैबीच, कोरोना महामारीअघि सन् २०१९ मा १४ लाख चिनियाँले अष्ट्रेलिया भ्रमण गरेका अष्ट्रेलियाको पर्यटन विभागले जनाएको छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया