मन्दिरा अधिकारी
सरकारसँग भएकाे ६ बुँदे सहमतिप्रति असन्तुष्टि जनाउँदै राहतका शिक्षकहरुले आज पनि आन्दोलन जारी राखेका छन्।
सरकार र नेपाल शिक्षक महासंघबीच शुक्रबार भएको सहमतिमा आफ्नो माग सम्बाेधन नभएको भन्दै राहतका शिक्षकहरुले साेमबार पनि आन्दोलन जारी राखेका हुन्।
उनीहरुले साेमबार काठमाडौंको माइतीघरदेखि नयाँबानेश्वरसम्म सडकमा प्रदर्शन गरेका छन्। राहत शिक्षकहरूले सडकमै सुतेर शिक्षक महासंघविरुद्ध नाराबाजी गरेका छन्।
१५ वर्षसम्म राहतमा पढाउँदा सक्षम हुने तर अहिले आएर असक्षमकाे ट्याग भिराइएकाे भन्दै स्थायी नियुक्ति दिनुपर्ने शिक्षकहरूले माग गरेका छन्।
शिक्षक महासंघले आफूहरूसँग सल्लाह नै नगरी सहमतिमा हस्ताक्षर गरेकाे र उक्त शिक्षा विधेयक आफूहरूकाे पक्षमा नभएकाे बताएका छन्।





क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया