मन्दिरा अधिकारी
सरकारसँग भएकाे ६ बुँदे सहमतिप्रति असन्तुष्टि जनाउँदै राहतका शिक्षकहरुले आज पनि आन्दोलन जारी राखेका छन्।
सरकार र नेपाल शिक्षक महासंघबीच शुक्रबार भएको सहमतिमा आफ्नो माग सम्बाेधन नभएको भन्दै राहतका शिक्षकहरुले साेमबार पनि आन्दोलन जारी राखेका हुन्।
उनीहरुले साेमबार काठमाडौंको माइतीघरदेखि नयाँबानेश्वरसम्म सडकमा प्रदर्शन गरेका छन्। राहत शिक्षकहरूले सडकमै सुतेर शिक्षक महासंघविरुद्ध नाराबाजी गरेका छन्।
१५ वर्षसम्म राहतमा पढाउँदा सक्षम हुने तर अहिले आएर असक्षमकाे ट्याग भिराइएकाे भन्दै स्थायी नियुक्ति दिनुपर्ने शिक्षकहरूले माग गरेका छन्।
शिक्षक महासंघले आफूहरूसँग सल्लाह नै नगरी सहमतिमा हस्ताक्षर गरेकाे र उक्त शिक्षा विधेयक आफूहरूकाे पक्षमा नभएकाे बताएका छन्।





जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया