नागोर्नो–काराबाख पेन्सनर स्वेतलाना इसाखान्यान हरियो चप्पल लगाएर र पासपोर्टसहितको एउटा सानो झोला मात्र हातमा बोकेर शरणार्थीका रूपमा आर्मेनियामा प्रवेश गरेकी छन्।
अजरबैजानले यसै हप्ता पृथकतावादी क्षेत्रविरुद्ध बेजोड र निर्णायक आक्रमण गर्नु अघिसम्म ७८ वर्षीय उनी जातीय रूपमा आर्मेनियाली क्षेत्रमा बस्दै आएकी थिइन्।
सन् १९९० को दशकमा आर्मेनियाली सेना र अजरबैजानले पहिलो र सबैभन्दा क्रूर काराबाख युद्ध लडेका बेला मारिएका आफ्ना छोराको चिहान हेर्न गएका बेला आफ्नो गृहनगर स्टेपानेकार्टमा गोलाबारी भएको उनले बताइन्।
त्यतिबेला हजारौंले ज्यान गुमाएका थिए। तीन वर्षअघि दुई पक्षबीच छ हप्तासम्म फेरि लडाइँ हुँदा हजारौंको मृत्यु भएको थियो।
अजरबैजानको पछिल्लो आक्रमण एक दिन मात्र चलेको थियो र यसले विद्रोहीहरूको अब लड्ने इच्छालाई तोडेको देखिन्छ।
उनीहरू निःशस्त्रीकरण गर्न र ‘पुनः एकीकरण’ वार्तामा प्रवेश गर्न सहमत भएका छन् जसले अन्ततः अस्थिर क्षेत्रको सबैभन्दा लामो समयसम्म चलेको द्वन्द्वलाई समाधान गर्न सक्छ।
तर यसको अर्थ यो पनि थियो कि इसाखान्यान र केही दर्जन अन्य, जो गत वर्षदेखि आर्मेनिया प्रवेश गर्ने पहिलो नागोर्नो–काराबाख शरणार्थी बनेका थिए, उनीहरूले आफ्नो पूरानो जीवनलाई बिर्सनु आवश्यक भएको छ। उनीहको नयाँ जीवन सुरु भएको छ। कामको खोजी, भाषाको ज्ञान र सम्पत्ति आर्जन गर्नु उनीहरू जिउनका लागि अनिवार्य तर जटिल शर्त बनेका छन्।
'तुर्कहरूसँग काराबाखमा बस्न असम्भव हुनेछ,' उनले अजरबैजान नफर्किने बताइन्।