बिएल संवाददाता
१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत टेबल टेनिस टिम इभेन्टमा नेपाल समूह चरणबाट बाहिरिएको छ। नेपालको पुरुष र महिला टेबल टेनिस टोली टिम इभेन्टमा समूह चरणबाटै बाहिरिएको हो।
शनिबार गोङ्गशु क्यानल जिमेन्जियममा भएको समुह चरणको खेलमा समुह एफ मा रहेको महिला टोली भारतसित ३–० ले पराजित भएको थियो। महिलातर्फ नेपालकी सिक्क सुवाल भारतीय खेलाडी दिया पराग चितालेसित ११–१, ११–६ तथा ११–८ अंकले पराजित भइन्।
यस्तै नविता श्रेष्ठ भारतकी यहिका मुखर्जीसित ११–३, ११–७ तथा ११–२ अंकले पराजित भइन्। यस्तै इभान थापा मगर भारतीय खेलाडी सुतिर्था मुखर्जीसित ११–१, ११–५ तथा ११–२ अंकले पराजित भइन्। यसैगरी नेपालको पुरुष टोली पनि उत्तर कोरियासित नेपाल ३–० ले पराजित भएको छ।
पुरुषतर्फ समुह बी मा रहेको नेपालका संयोग कपाली ११–७, ११–४ तथा ११–५ अकले पराजित भए। अर्को खेलमा नेपालका रुविन महर्जन ११–२, ११–६ तथा ११–२ अकले पराजित भए भने विलोश श्रेष्ठ ११–८, ११–२ तथा ११–३ अंकले पराजित भएकाे छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया