आज कुशे औँसी अर्थात्, बाको मुख हेर्ने दिन ।
म बाले भोगेको जीवन र तत्कालीन समाजबारे यो ब्लगमा चर्चा गर्दैछु ।
मेरा बा घनश्याम गैरेले देखेको, भोगेको र सुनेको झण्डै एक सय वर्षअघिको पाल्पा-गण्डक क्षेत्रको समाजबारे लेख्दैछु।
०००
मान्छेले अनेक हण्डर, ठक्कर खान्छ । अपमान भोग्छ । खुसीका लागि धेरै दुःखहरू भोग्छ । जिन्दगी भन्नु यस्तै रै’छ । आमाबा भनेका जिउँदा भगवान् हुन् । यद्यपि मेरो र रुकाको भाग्यमा बाआमाको माया लामो समयका लागि लेखिएको रहेनछ ।
मान्छेले अगाडिको भाग देखेर आज पाइयो भनेर मात्रै हुँदैन । पछिको भाग पनि हेर्न सक्नुपर्छ । आजको सजिलो बाटोले भोलि भिरमा पुर्याएर छोड्न सक्छ ।