रुसले फेरि गर्‍याे पूर्वी युक्रेनमा आक्रमण, १६ जनाको मृत्यु

पूर्वी युक्रेनको एक बजारमा रुसले आक्रमण गर्दा १६ जनाको मृत्यु भएकाे छ।

'अहिले रूसी आतङ्ककारीको तोपखानाले डोनेट्स्क क्षेत्रको कोस्ट्यान्टीनिभका शहरमा १६ जनाको हत्या गरेको छ। आक्रमण व्यवसायिक स्थलमा पसलहरू खुलेको र सर्वसाधारण सामान खरिदका निम्ती बजारमा व्यस्त रहेको बजारमा भएको आक्रमणमा अन्य धेरै व्यक्ति घाइते भएका छन्,' जेलेन्स्कीले सामाजिक सञ्जालमा लेखेका छन्।

प्रधानमन्त्री डेनिस श्मीगलले सेक्युरिटी क्यामेरा फुटेज पोस्ट गरेका छन्। छोटो भिडियोमा विस्फोटले कियोस्कको भीडलाई तितरभितर बनाएको र घटनापछि स्थानीय बासिन्दाहरू उद्धारका लागि भाग-दौडिरहेकाे देखिन्छ।

प्रकाशित मिति: : 2023-09-07 06:13:00

प्रतिकृया दिनुहोस्