युवा संघ कोशीको अध्यक्षमा शंकरको दाबेदारी

नेकपा (एमाले)निकट युवा संघ नेपाल कोशी प्रदेशको अध्यक्षमा शंकर बजगाईंले उम्मेदवारी दिने भएका छन।

निडर हक्की र स्पष्ट वक्ताका रुपमा चिनिएका बजगाईं सामाजिक काममा पनि उत्तिकै क्रियाशील छन्। यही भाद्र २३ र २४ गते धरानमा हुन गइरहेको युवा संघ कोशीको अधिवेसनमा आफ्नो उम्मेदवारी पक्का रहेको बजगाईंले बताए।

कुनै गुट उपगुटभन्दा पनि सबैको साझा उम्मेदवारको रुपमा आफूलाई उभिएकाे बजगाईं बताउँछन्।

अध्यक्षको लागि आफू योग्य उम्मेदवार रहेको बताउँदै बजागाईले भने, ‘क्षमता भएको र संगठनलाई चलयमान बनाउन सक्नेलाई नेतृत्वमा ल्याउनुपर्छ, म मा त्यो क्षमता छ। मलाई विश्वास छ सबैको साथ सहयोग पाउनेछु।’

पार्टी संगठनमा निक्कै क्रियाशील शंकरको दाबेदारीले युवाहरु खुसी भएका छन्। उनीहरुको विश्वास छ, ‘शंकर बजगाईंको नेतृत्वमा राष्ट्रिय युवा संघ कोशी प्रदेशले ऐतिहासिक सफलता, संगठन बलियो, चलयमान, संगठन गरिमा बढ्ने देखि लिएर संगठनले हरेक क्षेत्रमा आमुल परिवर्तन ल्याउने कुरामा विश्वस्त छौँ।’

शंकर संगठनमा मात्र नभएर संगठन बाहिर पनि उत्तिकै लोकप्रिय छन्। पार्टीभित्र बाहिर युवाहरुले सामाजिक काम, समस्या, साथ सहयोगमा शंकरलाई नै खोज्ने गरेको पाइन्छ। गाउँ समाजमा दिनदुखी असाहय दुखबिराममा परेकोहरुले शंकरको साथ सहयोग र पहलकदमीले दुखमा मल्हम पट्टी लगाँउदै आएका छन्।

बजगाईंले संगठनलाई विधि, पद्धती र नयाँ दिशमा अगाडि बढाउन आफ्नो उम्मेदवारी रहने बताए। युवा पुस्तालाई स्थापित गर्न, राजनीतिलाई ‘संस्कारयुक्त बनाउनका लागि म अगाडि सरेको छु,’ बजगाईंले भने।

प्रकाशित मिति: : 2023-09-05 11:43:00

प्रतिकृया दिनुहोस्