बङ्गलादेशको प्राथमिक स्वास्थ्यका लागि २० करोड डलर स्वीकृत

विश्व बैंकले बङ्गलादेशका विभिन्न क्षेत्रमा सामान्य रोगको उपचार, रोकथाम, प्राथमिक स्वास्थ्य सेवा सुधार र चिकित्सा फोहोर मैला व्यवस्थापनमा सहयोग गर्न २० करोड अमेरिकी डलर स्वीकृत गरेको छ।

“शहरी स्वास्थ्य, पोषण र जनसङ्ख्या परियोजनाले प्राथमिक स्वास्थ्य केन्द्रहरूको सञ्जाल स्थापना गर्नेछ जसले स्वास्थ्य, पोषण र जनसङ्ख्या सेवाहरूको विस्तृत दायरा प्रदान गर्दछ र दोस्रो र तृतीयक स्तरको सुविधाहरूको साथ प्रत्यक्ष ‘रेफरल’ प्रणाली प्रदान गर्दछ,” वासिङ्टनस्थित ऋणदाताले बुधबार प्रकाशित एक विज्ञप्तिमा भनेको छ। यसबाट सहरी क्षेत्रका पाँच वर्षमुनिका करिब २५ लाख बालबालिकाले सेवा पाउने छन्।

बङ्गलादेश र भुटानका लागि विश्व बैंकका देशीय निर्देशक अब्दुलाय सेकले भने, 'बङ्गलादेशले विशेष गरी ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा सुधारमा उल्लेखनीय प्रगति गरेको छ। सहरी क्षेत्रमा सीमित सार्वजनिक स्वास्थ्य सेवाहरू भएका कारण गरिब र सुकुम्बासी बस्तीका बासिन्दाहरू प्रायः महँगो निजी स्वास्थ्य सेवामा जानुपर्ने बाध्यता छ।'

यसका साथै, उच्च जनघनत्व, जलवायु परिवर्तन र तीव्र शहरीकरणका कारण नयाँ स्वास्थ्य चुनौतीहरू देखा परिरहेका छन्, जसमा डेङ्गुको बढ्दो सङ्क्रमण र सङ्क्रामक तथा नसर्ने रोगहरू पनि समावेश छन्।

यस परियोजनाले महिलाहरूको लागि प्रसवपूर्व सेवाहरूमा सुधार गर्नेछ।

प्रकाशित मिति: : 2023-09-01 05:43:00

प्रतिकृया दिनुहोस्